मंगलवार, २८ आश्विन, २०८२

सामाजिक सञ्जालमा सार्वजनिक नैतिकता तथा शिष्टाचार विरूद्धका सामाग्री प्रकाशन गर्ने व्यक्ति पक्राउ

राष्ट्रिय सन्‍देश संबाददाता, मंगलवार, ३ असार, २०८२

सामाजिक सञ्जालमा सार्वजनिक नैतिकता तथा शिष्टाचार विरूद्धका सामाग्री प्रकाशन गर्ने व्यक्ति पक्राउ

३ असार २०८२, काठमाडौं । सामाजिक सञ्जालमा सार्वजनिक नैतिकता तथा शिष्टाचार विरूद्धका सामाग्री प्रकाशन गरेको अभियोगमा एक युवक प्रकाउ परेका छन् । प्रकाउ पर्नेमा बाग्लुङ निसिखोला गाउँपालिका-४ घर भएका ३६ वर्षीय ड्राइभर रेशम भन्ने रेशम राज पौडेललाई सोमबार प्रहरीले पक्राउ गरेको हो । 

युट्युब लगायतका डिजिटल प्लेटफर्महरूमा नियमित रूपमा व्यक्तिहरू तथा संस्थालाई लक्षित गरी तथ्यहीन र आधारहीन विषयमा सामाग्रीहरू प्रसारण गरी नकारात्मक धारणा फैलाएको तथा सार्वजनिक नैतिकता तथा शिष्टाचार विरूद्धका सामाग्री बारम्बार प्रकाशन समेत गर्ने गरेको घटनाको अनुसन्धानको क्रममा साइबर ब्यूरोबाट खटिएको प्रहरीले केन्द्रीय अनुसन्धान ब्यूरोको सहयोगमा उक्त कार्यमा संलग्न उनलाई नेपालगंज रूपैडियाबाट पक्राउ गरेको हो । 

उनी उपर विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा जिल्ला अदालत काठमाडौंबाट ७ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

advertisement_1680627680.gif