मंगलवार, २८ आश्विन, २०८२

स्रोत नखुलेको रकम सहित दुई जना पक्राउ

राष्ट्रिय सन्‍देश संबाददाता, आईतवार, ५ जेष्ठ, २०८२

स्रोत नखुलेको रकम सहित दुई जना पक्राउ

४ जेठ, २०८२, महोत्तरी । औरही नगरपालिका-४ कठुधारबाट स्रोत नखुलेको रकम ८ लाख रूपैयाँ सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा साम्सी गाउँपालिका-७ बस्ने २५ वर्षीय रवि साह र भारत सितामढी कनवा बस्ने २० वर्षीय रितेश साह रहेका छन् । 

अस्थायी प्रहरी पोष्ट कठुधाराबाट खटिएको प्रहरीले सम्सीबाट गौशालातर्फ आउँदै गरेको मधेश प्रदेश ०२-००७ प ९६८१ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त रकम सहित फेला पारी पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

advertisement_1680627706.gif