शुक्रबार, ३ जेष्ठ, २०८२

सर्बिया पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ

राष्ट्रिय सन्‍देश संबाददाता, बिहीबार, २० चैत्र, २०८१

सर्बिया पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ

२१ चैत्र २०८१, काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी सर्बिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कागेश्वरी मनोहरा नगरपालिका–४ बस्ने भक्तपुर, भक्तपुर नगरपालिका–५ घर भएका २८ वर्षीय सुरेश माक रहेका छन् ।

सुरेशले सर्बिया पठाइदिन्छु भन्दै ५ जना पीडितहरूबाट ३२ लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं बौद्धबाट पक्राउ गरेको हो । 

उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

advertisement_1676551646.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif