बिहीबार, २१ जेष्ठ, २०८३

टिकटकर तुलसा पुर्पक्षका लागि जेल चलान

राष्ट्रिय सन्‍देश संबाददाता, ७ घण्टा पहिले

टिकटकर तुलसा पुर्पक्षका लागि जेल चलान

२०८३ जेष्ठ २१, काठमाडौं । ललितपुर जिल्ला अदालतले टिकटकर तुलसा अधिकारीलाई पुर्पक्षका लागि जेल चलान गरेको छ । बिहीबार न्यायाधीश टेकनाथ गौतमको इजलासले उनलाई पुर्पक्षका लागि जेल चलान गर्न आदेश दिएको हो । 

आपराधिक लाभ (एक्सटर्सन), संगठित अपराध र सम्पत्ति शुद्धीकरण (मनि लाउण्डरिङ)को अभियोगमा उनलाई पुर्पक्षका लागि जेल चलान गर्न आदेश दिएको हो । अदालतको आदेशसँगै अब उनलाई उनलाई नख्खु कारागार लगिने प्रहरीले जनाएको छ । 

कुमार चिमोरियाको जाहेरीले नेपाल सरकार वादी रहेको उक्त मुद्दामा टिकटकर अधिकारी, अशोककुमार अग्रवालसहित १० जना प्रतिवादी छन् ।  

२०८२ साउन २४ गते चिमोरियाले तुलसाविरुद्ध ६ करोड ५२ लाख २९ हजार ७५ रुपैयाँ ठगी गरेको आरोपसहित जाहेरी दिएका थिए ।  अधिकारीको २१ करोड सम्पत्तिको स्रोत नखुलेका कारण सम्पत्ति शुद्धीकरण मुद्दा चलाइएको छ ।

advertisement_1676553908.gif