राष्ट्रिय सन्देश संबाददाता, १३ घण्टा पहिले
२०८३ असार ०५, काठमाडौं । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा दुई हजार ५५६ सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा परेका छन् ।
यसबाट राज्यकोषमा रु २२ लाख ३९ हजार राजस्व संकलन भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
कारबाहीमा परेकाहरूमा मादक पदार्थ सेवन गरेका १०६, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १५४, संकेत बत्ती उल्लंघनकर्ता १०७ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका १८३ जनालाई कारबाही ट्राफिक प्रहरी प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए।
उनका अनुसार ‘लेन’ अनुशासन पालना नगर्ने ९७, निषेधित क्षेत्रमा हर्न बजाउने १०९, सडक पेटीमा सवारीसाधन पार्किङ गर्ने ९८, यान्त्रिक अवस्था ठीक नभएका ३० र अन्य सवारी नियम पालना नगरेका एक हजार ६७२ गरी कूल दुई हजार ५५६ जनालाई कारबाही गरिएको हो ।