आईतवार, २४ जेष्ठ, २०८३

ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व संकलन

राष्ट्रिय सन्‍देश संबाददाता, १२ घण्टा पहिले

ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व संकलन

२०८३ जेष्ठ २३, काठमाडौं । बितेका २४ घण्टामा दुई हजार ५११ सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु २० लाख ८४ हजार राजस्व दाखिला भएको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेका १९३, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १६६, संकेत बत्ती उल्लंघनकर्ता १२९ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका १६७ जनालाई कारबाही गरिएको हो । 

यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने ४२, निषेधित क्षेत्रमा हर्न बजाउने १६५, सडक पेटीमा सवारीसाधन ‘पार्किङ’ गर्ने १५६, एकतर्फी सडकमा सवारी चलाउने १६८ र अन्य सवारी नियम पालना नगरेका एक हजार ३२५ जनालाई कारबाही गरिएको हो ।

advertisement_1680627680.gif