बिहीबार, ४ असार, २०८३

ट्राफिक कारबाहीमा एकैदिन १९ लाख ७७ हजार राजस्व संकलन

राष्ट्रिय सन्‍देश संबाददाता, १४ घण्टा पहिले

ट्राफिक कारबाहीमा एकैदिन १९ लाख ७७ हजार राजस्व संकलन

२०८३ असार ०३, काठमाडौं । बितेका २४ घण्टामा दुई हजार ५३५ सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु १९ लाख ७७ हजार राजस्व दाखिला भएको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेको १०१, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १२९, संकेत बत्ती उल्लंघनकर्ता १०६ र तीव्रगतिमा सवारीसाधन हुइँक्याएका १३८ जनालाई कारबाही गरिएको हो । 

यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने ८१, निषेधित क्षेत्रमा हर्न बजाउने १४१, सडकपेटीमा सवारीसाधन पार्किङ गर्ने ११७, एकतर्फी सडकमा सवारी चलाउने ११३ र अन्य सवारी नियम पालना नगरेका एक हजार ६०९ जनालाई कारबाही गरिएको हो ।

advertisement_1680627680.gif