आईतवार, १४ असार, २०८३

ट्राफिक कारबाहीमा एकै दिन २१ लाख १० हजार राजस्व संकलन

राष्ट्रिय सन्‍देश संबाददाता, १३ घण्टा पहिले

ट्राफिक कारबाहीमा एकै दिन २१ लाख १० हजार राजस्व संकलन

२०८३ असार १३, काठमाडौं । बितेका २४ घण्टामा दुई हजार १०२ सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु. २१ लाख १० हजार ५१४ राजस्व दाखिला भएको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेको ८९, नियम विपरीत ‘राइड सेयरिङ’ गरेका १०८, संकेत बत्ती उल्लंघनकर्ता ९९ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका ८३ जनालाई कारबाही गरिएको हो ।

यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने ५९, निषेधित क्षेत्रमा हर्न बजाउने १००, लागूपदार्थ सेवन गरी सवारीसाधन सञ्चालन गर्ने दुई, एकतर्फी सडकमा सवारीसाधन चलाउने ७८ र अन्य सवारी नियम पालना नगरेका एक हजार ४८४ जनालाई कारबाही गरिएको हो ।

advertisement_1676553851.gif