सोमबार, २२ असार, २०८३

ट्राफिक कारबाहीमा एकैदिन १० लाख ६२ हजार राजस्व सङ्कलन

राष्ट्रिय सन्‍देश संबाददाता, १४ घण्टा पहिले

ट्राफिक कारबाहीमा एकैदिन १० लाख ६२ हजार राजस्व सङ्कलन

२०८३ असार २२, काठमाडौँ । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा दुई हजार १७६ जना सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा परेका छन् ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशप्रसाद सुवेदीका अनुसार कारबाहीमा परेकाहरूमा मादक पदार्थ सेवन गरेका ८१, नियम विपरीत ‘राइड सेयरिङ’ गरेका १०१, संकेत बत्ती उल्लङ्लनकर्ता १५९ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका २०२ जना छन् ।

साथै ‘लेन’ अनुशासन पालना नगर्ने ९२, निषेधित क्षेत्रमा हर्न बजाउने ११०, सडक पुथपाथ पार्किङमा ११०, एकतर्फीमा ६६ र अन्य सवारी नियम पालना नगरेका एक हजार ५५ जना रहेका छन् । उक्त कारबाहीबाट रु १० लाख ६२ हजार असुली गरिएको छ । 

advertisement_1680627706.gif