शनिबार, २३ जेष्ठ, २०८३

ट्राफिक कारवाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व संकलन

राष्ट्रिय सन्‍देश संबाददाता, १५ घण्टा पहिले

ट्राफिक कारवाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व संकलन

२०८३ जेष्ठ २२, काठमाडौं । बितेका २४ घण्टामा दुई हजार ३०० सवारी चालक सवारी नियम उल्लंघनको कारवाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु २० लाख ८४ हजार  राजस्व दाखिला भएको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेका १०४, नियम विपरीत ‘राइड सेयरिङ’ गरेका १७७, संकेत बत्ती उल्लंघनकर्ता १४७ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका १०५ जनालाई कारबाही गरिएको हो । 

यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने ५६, निषेधित क्षेत्रमा हर्न बजाउने १५२, सडक पेटीमा सवारीसाधन ‘पार्किङ’ गर्ने ११३, एकतर्फी सडकमा सवारी चलाउने १४१ र अन्य सवारी नियम पालना नगरेका एक हजार ३०५ जनालाई कारबाही गरिएको हो ।

advertisement_1676553851.gif