बिहीबार, २८ फाल्गुन, २०८२

दुर्गा प्रसाईं पक्राउ

राष्ट्रिय सन्‍देश संबाददाता, सोमबार, ६ माघ, २०८२

दुर्गा प्रसाईं पक्राउ

२०८२ माघ ५, काठमाडौँ । ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाभियान, नेपाल’ का अध्यक्षसमेत रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईं पोखराबाट पक्राउ परेका छन् ।

प्रसाईंले निर्वाचन आयोगलाई लक्षित गरी ५२ करोड लेनदेन गरी विशेष महाधिवेशन पक्षलाई आधिकारिकता मानेको आरोप लगाएका थिए । कांग्रेस विशेष महाधिवेशनलाई वैधानिकता दिने निर्वाचन आयोगको निर्णय उपर भ्रामक सूचना प्रवाह गरेको आरोपमा प्रसाइलाई प्रहरीले पक्राउ गरेको हो ।

पोखराको एयरपोर्ट चोकबाट उनलाई पक्राउ गरेको कास्की प्रहरीका सूचना अधिकारी हरिबहादुर बस्नेतले जानकारी दिए ।

प्रसाईंलाई पक्राउ गरी नेपाल प्रहरीको साइबर ब्युरोमा पठाउने तयारी गरिएको उनले बताए ।

advertisement_1680627680.gif