शुक्रबार, ३ जेष्ठ, २०८२

व्यवसायी दुर्गा प्रसाईंलाई म्याद थपका लागि अदालत लगियो

राष्ट्रिय सन्‍देश संबाददाता, शुक्रबार, २८ चैत्र, २०८१

व्यवसायी दुर्गा प्रसाईंलाई म्याद थपका लागि अदालत लगियो

चैत २९, २०८१ शुक्रबार काठमाडौँ । व्यवसायी दुर्गा प्रसाईंलाई म्याद थपका लागि काठमाडौं जिल्ला अदालत लगिएको छ । राज्य बिरुद्ध संगठित अपराधसम्बन्धी कसूरमा  दुर्गा पर्साई लाई प्रहरीले आज बिहान पक्राउ गरेको थियो ।

अदालत लैजानुअघि उनलाई जिल्ला प्रहरी परिसर र  सरकारी वकिलको कार्यालय पुर्याई आवश्यक कागजी प्रक्रिया पुर्‍याएर अदालत लगिएको हो । भारतमा पक्राउ परेका प्रसाईंलाई पूर्वी नाका बाट झापा हुदै  केहीबेर अघि काठमाडौं ल्याइएको थियो ।  

राजावादीले गरेको हिंसात्मक प्रदर्शनका कमाण्डर भनिएका  प्रसाईलाई भारतीय प्रहरीको सहयोगमा आसामबाट पक्राउ गरी आजै बिहान झापा ल्याइएको थियो । झापाको भद्रपुर विमानस्थलबाट बुद्ध एयरको जहाजमार्फत् उनलाई काठमाडौं ल्याइएको हो । उनीसँगै पक्राउ परेका उनका अंगरक्षक दीपक खडकालाई पनि काठमाडौं ल्याइएको छ ।

दुवैजनाविरुद्ध राज्यविरुद्ध र संगठित अपराधसम्बन्धी कसूरमा अनुसन्धान गरिने प्रहरीले जनाएको छ । चैत्र १५ गते तीनकुनेको राजावादीको प्रदर्शनस्थलबाट फरार भएका थिए।

तीनकुनेमा राजावादीले गरेको प्रदर्शनले हिंसात्मक रुप लिँदा दुईजनाको ज्यान गएको थियो भने धेरै संख्यामा घाइते भएका थिए। 

advertisement_1680627706.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif