मंगलवार, ५ श्रावण, २०८३

यूके पठाइदिने भन्दै १७ लाख ठगी गर्ने एक महिला पक्राउ

राष्ट्रिय सन्‍देश संबाददाता, १५ घण्टा पहिले

यूके पठाइदिने भन्दै १७ लाख ठगी गर्ने एक महिला पक्राउ

२०८३ साउन ०४, काठमाडौँ । वैदेशिक रोजगारीमा यूके  पठाइदिने प्रलोभन देखाई १७ लाख रुपैयाँ ठगी गर्ने एक जना महिला पक्राउ परेकी छन् ।

वैदेशिक रोजगार विभागबाट जारी पक्राउ पुर्जीका आधारमा जिल्ला काठमाडौं महानगरपालिका–१७ बस्ने ३२ वर्षीया पूजा शाहीलाई काठमाडौंको माइतीघरबाट पक्राउ गरिएको हो ।

उनीविरुद्ध यूके पठाइदिने भन्दै एक जना पीडितबाट १७ लाख रुपैयाँ ठगी गरेको आरोप रहेको छ । पक्राउ परेकी शाहीमाथि थप अनुसन्धान भइरहेको छ ।

advertisement_1676553851.gif