राष्ट्रिय सन्देश संबाददाता, सोमबार, २३ असार, २०८२
२३ असार २०८२, काठमाडौं । युनुस अन्सारी कारागार चलान भएका छन् । नक्कली भारतीय नोट कारोबारमा संलग्न रहेको आरोप लागेका अन्सारीमाथि सम्पत्ति शुद्वीकरणमा पनि मुद्दा दायर भएकामा धरौटी बुझाउन नसक्दा कारागार चलान भएका हुन् ।
नक्कली नोट प्रकरणमा पक्राउ परेर छुट्ने वित्तिकै सम्पत्ति शुद्धीकरण सम्बन्धी अर्को कसुरमा पक्राउ परेका युनुस अन्सारीको हिजो बयान सकिए पछि सोमबार थुनछेक बहस भएको थियो ।
जिल्ला अदालत, काठमाडौंमा आइतबार दिनभर न्यायाधीश बलराम लम्सालको इजलासमा उनको बयान भए पनि थुनछेक बहसका लागि समय नपुगे पछि पुनः हिरासतमा फिर्ता पठाइएका उनलाई सोमबार १५ लाख धरौंटीमा छोडन अदालतले आदेश दिएको थियो ।
अन्सारीविरुद्ध २०६६ सालयता जाली नोटको कारोबारलगायत विभिन्न अभियोग लागेको थियो । जसमा दोषी ठहर भई उनी गत महिना मात्र छुटेका थिए ।
नक्कली नोट प्रकरणमा पक्राउ परेर छुट्ने वित्तिकै सम्पत्ति शुद्धीकरण सम्बन्धी अर्को कसुरमा पक्राउ परेका युनुस अन्सारीको हिजो बयान सकिए पछि सोमबार थुनछेक बहस भएको थियो ।
जिल्ला अदालत, काठमाडौंमा आइतबार दिनभर न्यायाधीश बलराम लम्सालको इजलासमा उनको बयान भए पनि थुनछेक बहसका लागि समय नपुगे पछि पुनः हिरासतमा फिर्ता पठाइएका उनलाई सोमबार १५ लाख धरौंटीमा छोडन अदालतले आदेश दिएको थियो।