राष्ट्रिय सन्देश संबाददाता, सोमबार, ६ श्रावण, २०८२
५ साउन २०८२, धनुषा । धनुषा प्रहरीले एक जना युवकको छुरा प्रहार गरी हत्या गरेको आरोपमा एक युवतीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरीको बनौटा घर भइ हाल जनकपुरधाम उपमहानगरपालिका ०४ बस्दै आएकी २१ वर्षीया जुली झा रहेकी छन्।
राती १० बजेको समयमा जनकपुरधामस्थित जिरोमाइलमा रहेको होटल एसपी एण्ड गेष्ट हाउसमा युवक यादवको हत्या गरेको जानकारी दियको छ । शनिबार राति करिब साढे ३ बजेको समयमा यादव होटलमा मृत भेटिएका थिए। प्रहरीका अनुसार उनीहरू शनिबार राति करिब १० बजेको समयमा होटेल एसपी एण्ड गेष्ट हाउसको १०२ नम्बर कोठामा सँगै बसेका थिए ।
राति २ बजेर ५७ मिनेटमा युवक रगतले भरिएको अवस्थामा पहिलो तल्लाबाट नग्न अवस्थामा झरेका थिए । राति ३ बजेर ४ मिनेटमा युवती होटलबाट भागेको सिसिटीभी फुटेजमा देखिएको धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक बरुणबहादुर सिंहले बताए।
प्रहरी अनुसन्धानबाट युवक यादव विवाहित हुन्। विवाहअघि युवक र युवती प्रेम सन्धमा रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ । विवाहित युवक यादव र आरोपित युवती झाबीच अवैध सम्बन्ध रहेको र उक्त सम्बन्धको क्रममा बनाएको भिडियो देखाएर युवकले युवतीलाई ब्लाकमेल गर्दै आएको पनि खुलेको छ ।
सोही विषयलाई लिएर युवतीले झाको हत्या गरेको हुन सक्ने प्रहरीको अनुमान छ । युवतीलाई आइतबार दिउँसो १२ बजे महोत्तरीको परौल स्थानतर्फ भाग्दै गरेको अवस्थामा पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक सिंहले जानकारी दिए।