बिहीबार, २८ फाल्गुन, २०८२

युवराज सफल पक्राउ

राष्ट्रिय सन्‍देश संबाददाता, मंगलवार, १४ माघ, २०८२

युवराज सफल पक्राउ

२०८२ माघ १३, काठमाडौं । युवराज सफल भनेर चिनिने युवराज पौडेल पक्राउ परेका छन् । उनलाई प्रहरीले सामाजिक सञ्जालमा तथ्यहीन अभिव्यक्ति तथा गाली बेइजती गरेको आरोपमा पक्राउ गरेको हो ।

पाैडेलले महान्यायाधिवक्ताको कार्यालय तथा महान्यायाधिवक्ताविरुद्ध विभिन्न मिडिया र सामाजिक सञ्जालमार्फत नकारात्मक, अपशब्दयुक्त र गालीगलौजपूर्ण अभिव्यक्ति दिएको प्रहरीको भनाइ छ ।

महान्यायधिवक्ता र कार्यालयलाई लक्षित गरी अभिव्यक्ति दिएपछि माघ ८ गते महान्यायाधिवक्ताको कार्यालयले उनीमाथि आवश्यक कानुनी कारबाही गरिदिन भन्दै प्रहरीलाई पत्र पठाएको थियो ।

advertisement_1676551537.gif