शुक्रबार, ४ जेष्ठ, २०८१

advertisement_1712329002.jpg

भारतमा उपचाररत सांसद भण्डारी आइतबार नेपाल फर्कने

राष्ट्रिय सन्‍देश संबाददाता, शनिबार, १६ बैशाख, २०८०

भारतमा उपचाररत सांसद भण्डारी आइतबार नेपाल फर्कने

काठमाडौं । नेपाली कांग्रेसका सांसद चन्द्रकान्त भण्डारी आइतबार स्वदेश फर्कने भएका छन् । 

गत फागुन ३ गते बुद्धनगरस्थित निवासमा ग्यास लिक भएर ग्‍यॉंस विस्फोट भएर गम्भीर घाइते भण्डारी झन्डै २ महिनाकाे स्वास्थ्य उपचारपछि आइतबार स्वदेश फर्कन लागेका हुन् । 

भण्डारी निकट कांग्रेस नेता माधव न्यौपानेका अनुसार आइतबार दिउँसो २:५५ बजेको नेपाल वायुसेवा निगमको विमानमार्फत स्वदेश फर्कन लागेका हुन । उनी साँझ ५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा अबतरण गर्नेछन् । 

नेपाली कांग्रेसका नेतासमेत रहेका प्रतिनिधिसभा सदस्य भण्डारी हाल भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उपचाररत छन् । उनका अनुसार भण्डारीको स्वास्थ्यमा क्रमिक रुपमा सुधार आएको जनाईएको छ । पछिल्लो समयमा उनी बोल्ने र हिँड्न सक्ने भएका छन् ।

सो आगलागीमा परी सांसद भण्डारी र उनकी आमा हरिकला भण्डारी गम्भीर घाइते भएका थिए ।आमा हरिकलाको भने उपचारका क्रममा फागुन ४ गते निधन भएको थियो। उनलाई भने थप उपचारका लागि भारत लगिएको थियो ।

 

advertisement_1676551537.gif
प्रतिक्रिया
advertisement_1677772990.gif
advertisement_1693066608.gif
advertisement_1677773007.gif
advertisement_1677772940.gif
advertisement_1677773033.gif
advertisement_1677773060.gif
advertisement_1697293415.gif
advertisement_1697302073.jpg
advertisement_1697378651.jpg
advertisement_1697382926.jpg