मंगलवार, २८ आश्विन, २०८२

नेपालमा शनिबार १५ जना कोभिड–१९ संक्रमित भेटिए।

राष्ट्रिय सन्‍देश संबाददाता, शनिबार, १८ चैत्र, २०७९

नेपालमा शनिबार १५  जना  कोभिड–१९  संक्रमित भेटिए।

काठमाडौँ। पछिल्लो २४ घण्टामा १५ जनामा संक्रमण पुष्टि भएसँगै शनिबार नेपालमा सक्रिय कोभिड–१९ संक्रमितको संख्या १७१ पुगेको छ ।

राष्ट्रव्यापी कोभिड–१९ सङ्क्रमणको सङ्ख्या १ लाख १ हजार ३ सय ८४ रहेको छ भने मृत्यु हुनेको सङ्ख्या १२ हजार २० रहेको छ । यसैबीच, आज सातवटा डिस्चार्ज भएसँगै कुल कोरोना निको हुनेको संख्या ९ लाख ८९ हजार १९३ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो तथ्यांकअनुसार पछिल्लो २४ घण्टामा कुल ६५६ वटा परीक्षण गरिएको छ जसमा ११८ वटा पीसीआर र ५३८ वटा एन्टिजेन परीक्षण भएका छन् । योसँगै हालसम्म कूल ६ लाख २० हजार ६३७ पीसीआर परीक्षण गरिएको छ भने पछिल्लो २४ घण्टामा एन्टिजेन परीक्षणमा २३ जनामा पोजेटिभ पुष्टि भएको छ ।

नेपालमा कोभिड-१९ बाट निको हुने दर ९८.८% रहेको छ भने मृत्युदर १.२% रहेको छ ।

advertisement_1680627680.gif