मंगलवार, २८ आश्विन, २०८२

पछिल्लो २४ घण्टामा थप ९९ जनामा कोरोना संक्रमण पुष्टि

राष्ट्रिय सन्‍देश संबाददाता, शुक्रबार, २४ चैत्र, २०७९

पछिल्लो २४ घण्टामा थप ९९ जनामा कोरोना संक्रमण पुष्टि

 काठमाडौं। पछिल्लो २४ घण्टामा थप ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।एक हजार छ सय ३५ नमुनामध्ये एक सय ७७ जनाको पीसीआर परीक्षण गर्दा ४१ र एक हजार चार सय ५८ जनाको एन्टिजेन परीक्षण गर्दा ५८ गरी ९९ जनामा सङ्क्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टाको अवधिमा थप २६ जना सङ्क्रमित निको भएका छन् । कोरोनाको सक्रिय सङ्क्रमितको सङ्ख्या तीन सय ७३ जना पुगेको छ । सङ्क्रमितमध्ये चार जनालाई आईसीयूमा र एक जनालाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

यसैबीच २४ घण्टामा १७ हजार छ सय ६६ जनाले काेराेनाविरुद्धकाे खाेप लगाएका विवरण प्राप्त भएकाे स्वास्थ्य मन्त्रालयले जनाएकाे छ 

 

advertisement_1676551694.gif