बुधबार, १९ चैत्र, २०८१

उपचार पश्‍चात राष्ट्रपति पौडेल स्वदेश फिर्ता

राष्ट्रिय सन्‍देश संबाददाता, सोमबार, १८ बैशाख, २०८०

उपचार पश्‍चात राष्ट्रपति पौडेल स्वदेश फिर्ता

काठमाण्डौं। भारत उपचार लागि गएका राष्ट्रपति रामचन्द्र पौडेल स्वास्थ्यमा सुधार आएपछि स्वदेश फिर्ता हुनुभएको छ । राष्ट्रपति पौडेल गएराति स्वदेश फर्कनु भएको हो ।

वैशाख ६ गते उपचारका लागि भारत गएका राष्ट्रपति पौडेल दिल्लीमा रहेको अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स) बाट हिजो डिस्चार्जपछि स्वदेश फर्केका छन ।

डाक्टरले राष्ट्रपति रामचन्द्र पौडेललाई केही दिन आराम गर्न सुझाव दिएका छन् । पेट र छातीमा समस्या देखिएपछि उहाँ उपचारका लागि भारत जानुभएको थियो ।

advertisement_1676553908.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif