सोमबार, १५ भाद्र, २०८३

बाढी प्रभावित क्षेत्रमा २० थान स्याटलाइट फोन उपलब्ध गराइयो

राष्ट्रिय सन्‍देश संबाददाता, १६ घण्टा पहिले

बाढी प्रभावित क्षेत्रमा २० थान स्याटलाइट फोन उपलब्ध गराइयो

२०८३ भदौ १४ काठमाडौँ । रसुवाको भोटेकोशी बाढी प्रभावित क्षेत्रमा सूचना प्रवाहलाई सहज बनाउन नेपाल दूरसञ्चार प्राधिकरणले २० थान स्याटलाइट फोन उपलब्ध गराएको छ । 

प्राधिकरणले अन्तर्राष्ट्रिय दूरसञ्चार संघ (आईटीयू) बाट विपद् सहयोग स्वरूप प्राप्त गरेका यी फोनहरू राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई हस्तान्तरण गरेको हो ।

उपलब्ध गराइएका कुल फोनहरूमध्ये १० थान रसुवा र १० थान नुवाकोट जिल्लामा प्रयोग हुने गरी पठाइएको छ । स्याटलाइट फोनहरू आगामी तीन महिनासम्म निःशुल्क प्रयोग गर्न सकिनेछ ।

टेलिकम नेटवर्क नटिप्ने दुर्गम स्थानहरूमा समेत स्याटलाइटको माध्यमबाट फोन तथा एसएमएस सेवा लिन सकिने यो प्रविधि निकै महँगो मानिन्छ । यसको प्रयोगले विपद्का समयमा सञ्चार सम्पर्क विच्छेद हुन नदिई उद्धार कार्यलाई थप प्रभावकारी बनाउने विश्वास गरिएको छ ।

advertisement_1676553851.gif