मंगलवार, २८ आश्विन, २०८२

भीपीएन प्रयोग गरी सामाजिक सञ्जाल नचलाउन सञ्चार मन्त्रालयकाे आग्रह

राष्ट्रिय सन्‍देश संबाददाता, आईतवार, २२ भाद्र, २०८२

भीपीएन प्रयोग गरी सामाजिक सञ्जाल नचलाउन सञ्चार मन्त्रालयकाे आग्रह

२०८२ भदौ २२, काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले (भर्चुअल प्राइभेट नेटवर्क – भीपीएन) प्रयोग गरेर सामाजिक सञ्जाल नचलाउन आग्रह गरेको छ ।

आइतबार मन्त्रालयका प्रवक्ता गजेन्द्रकुमार ठाकुरले विज्ञप्ति जारी गरेर मन्त्रालयले सार्वजनिक सूचना जारी गरे पनि तोकिएको समयसीमाभित्र सम्पर्क नगरेका सामाजिक सञ्जाललाई नेपालभित्र निष्क्रिय पारिएको जानकारी दिएका छन् ।

“सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले ‘सामाजिक सञ्जाल प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८०’ बमोजिम सात दिनको म्याद दिई सूचीकरणका लागि आह्वान गरेको थियो । मन्त्रालयले सार्वजनिक सूचना जारी गरे पनि तोकिएको समयसीमाभित्र सम्पर्क नगरेका सामाजिक सञ्जाललाई नेपालभित्र निष्क्रिय गराइएको र हाम्रो पात्रो र ग्लोबल डायरी सूचीकरण भएका छन् ।” विज्ञप्तिमा भनिएको छ ।

सामाजिक सञ्जाल एक्सले भने सूचीकरणका निम्ति विवरण माग गरेको विज्ञप्तिमा जनाइएको छ । मन्त्रालयले सामाजिक सञ्जाल निषेध वा नियन्त्रण गर्न नभई स्वनियमनमार्फत मर्यादित र जवाफदेही प्रयोग निश्चित गर्न यो कदम चालिएको स्पष्ट पारेको छ ।

advertisement_1680627680.gif