मंगलवार, २८ आश्विन, २०८२

कोरियन भाषा परीक्षाको आवेदन खुल्यो

राष्ट्रिय सन्‍देश संबाददाता, आईतवार, १९ श्रावण, २०८२

कोरियन भाषा परीक्षाको आवेदन खुल्यो

२०८२ साउन १९, काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरियन भाषा परीक्षाका लागि आवेदन खुला भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत ईपीएस कोरिया शाखाले भाषा परीक्षाका लागि आवेदन फारम खुला गरेको हो ।

जसमा उत्पादनमुलक क्षेत्रतर्फ ३५ सय तथा कृषि तथा पशुपालन क्षेत्रतर्फ १८ सय गरेर भाषा परीक्षामा ५३ सय हुने उत्तीर्ण हुने आकलन गरेर आवेदन खुला गरिएको शाखाले जनाएको छ । 

एक व्यक्तिले एक वटा क्षेत्रमा मात्र फारम भर्न पाउनेछ । भाषा परीक्षाको उत्तीर्ण परीक्षार्थीहरूले मात्र दोस्रो चरणको स्किल टेष्ट र कम्पिटेन्सी टेष्टमा सहभागी भएर उत्तीर्ण भएपछि मात्रै रोजगार आवेदन फारम भर्ना पाउनेछन् ।

१८ वर्ष पुरा भएर ३९ वर्ष ननाघेका नेपाली नागरिकले आवेदन दिन पाउनेछन् । आवेदन दर्ता मिति साउन २६ देखि ३१ गतेसम्म तोकिएको छ भने आवेदकले परीक्षा शुल्कवापत २८ डलर लाग्ने इपीएस शाखाले जनाएको छ ।

advertisement_1676553908.gif