मंगलवार, २८ आश्विन, २०८२

नेपालमा टेलिग्राम एप बन्द

राष्ट्रिय सन्‍देश संबाददाता, शुक्रबार, ३ श्रावण, २०८२

नेपालमा टेलिग्राम एप बन्द

२ साउन २०८२, काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले नेपालभर टेलिग्राम एपको पहुँचमा रोक लगाएको छ । प्राधिकरणले सूचना जारी गर्दै सबै इन्टरनेट सेवा प्रदायक (आईएसपी) कम्पनीहरुलाई उक्त एपमा पहुँच अवरुद्ध गर्न निर्देशन दिएको हो ।

प्राधिकरणले आज एक सूचना जारी गर्दै टेलिग्राम एपको पहुँचमा तत्काल रोक लगाउने बन्द गर्ने व्यवस्थाका लागि सम्बन्धित सबै दूरसञ्चार सेवा प्रदायकहरुलाई निर्देशन दिएको छ ।

प्राधिकरणका अनुसार, टेलिग्राममार्फत आपराधिक क्रियाकलाप बढ्दै गएकाले एप बन्द गर्नुपरेको जनाइएको छ ।

पछिल्लो समय टेलिग्रामलाई प्रयोग गरी साइबर अपराध, ठगी, अवैध कारोबार तथा अश्लील सामग्रीको आदानप्रदानजस्ता कार्य बढ्दै गएको गुनासो प्रहरी प्रशासनमा पुगेपछि प्राधिकरणले यस्तो निर्णय लिएको बताइएको छ ।

advertisement_1680627680.gif