मंगलवार, २८ आश्विन, २०८२

सवारी लाइसेन्सको समयअवधि अब १० वर्ष

राष्ट्रिय सन्‍देश संबाददाता, शुक्रबार, १७ श्रावण, २०८२

सवारी लाइसेन्सको समयअवधि अब १० वर्ष

२०८२ साउन १६, काठमाडौं । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को म्याद दश वर्ष बनाएको छ । सवारी तथा यातायात व्यवस्था ऐन २०४९ मा संशोधन गर्दै नेपाल ऐन संशोधन गर्न बनेको विधेयक राजपत्रमा प्रकाशित गरेको छ ।

जस अनुसार सवारी तथा यातायात व्यवस्था ऐन २०४९ मा रहेको लाइसेन्स अवधि ५ वर्षबाट बढाएर १० वर्ष कायम गरिएको हो । ऐनको दफा ५४ को उपदफा ३ मा लाइसेन्स बहाल हुने अवधिबारे उल्लेख छ ।

संशोधित व्यवस्था अनुसार यस्तो अवधि अब १० वर्ष बहाल हुने भएको छ । लाइसेन्स नवीकरणबाट मान्य हुने अवधि समेत अब १० वर्ष पुर्‍याइएको छ ।

यसअघि नवीकरण हुँदा मान्य हुने अवधि ५ वर्ष थियो । नयाँ व्यवस्था अनुसार सवारी जाँचपास तथा प्रदूषण परीक्षण केन्द्रमा निजी क्षेत्रलाई समेत अनुमति दिने बेहोरा उल्लेख छ ।

advertisement_1680627706.gif