राष्ट्रिय सन्देश संबाददाता, सोमबार, १६ भाद्र, २०८२
२०८२ भदौ १६, काठमाडौं । अफगानिस्तानको पूर्वी भागमा गएको शक्तिशाली भूकम्पले ठूलो जनधनको क्षति पुर्याएको छ । सरकारी तथ्यांकअनुसार सोमबारसम्म मृतकको संख्या ८१२ पुगेको छ भने ३ हजारभन्दा बढी घाइते भएका छन् ।
६.१ म्याग्निच्युडको भूकम्प कुनार र नाग्गारहार क्षेत्रमा गएराति गएको हो । त्यसयता पटक- पटक परकम्प अनुभव गरिएको छ। भूकम्पका कारण ग्रामीण बस्तीमा माटो र ढुंगाका अधिकांश घर भत्किँदा उद्धार कार्य थप जटिल बनेको अधिकारीहरूले जनाएका छन् ।
तालिबान सरकारका प्रवक्ता जबीहुल्लाह मुजाहिदका अनुसार उद्धारकर्मीहरू पाकिस्तानी सीमावर्ती दुर्गम हिमाली बस्तीहरूमा पुग्न संघर्ष गरिरहेका छन्, जहाँ मोबाइल नेटवर्क समेत अवरुद्ध छ । ग्रामिण क्षेत्रमा भूकम्पका कारण माटो र ढुंगाले बनेका अधिकांश घर भत्किएकाले जनधनको ठूलो क्षति भएको छ ।
तालिबान सरकारका स्वास्थ्य मन्त्रालयका प्रवक्ता शराफत जमानलले अन्तर्राष्ट्रिय समुदायलाई तत्काल सहयोगका लागि आग्रह गरेका छन् । तर अहिलेसम्म कुनै देश वा विदेशी संस्थाबाट प्रत्यक्ष उद्धार वा राहतको प्रस्ताव नआएको विदेश मन्त्रालयले जनाएको छ। यसबीच चीनले आवश्यकताअनुसार सहयोग गर्ने जनाएको छ भने भारत, पाकिस्तान, टर्की र अजरबैजानलगायतका मुलुकले संवेदना व्यक्त गरेका छन् । चीनले अफगानिस्तानको आवश्यकताअनुसार र आफ्नो क्षमताभित्र राहत सहयोग गर्न तयार रहेको बताएको छ ।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले सामाजिक सञ्जाल ‘एक्स’ मा लेख्दै अफगानिस्तानस्थित राष्ट्रसंघीय कार्यालयले प्रभावित क्षेत्रका पीडितलाई सहयोग गर्न तयारी गरिरहेको उल्लेख गरेका छन् ।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले सामाजिक सञ्जालमार्फत अफगानिस्तानस्थित राष्ट्रसंघीय टोली प्रभावितलाई सहयोगका लागि सक्रिय रहेको जानकारी दिएका छन् । हालसम्म चिकित्सकहरू प्रभावित क्षेत्रमा पठाइएका छन् भने ८ स्वास्थ्य सामग्री भुकम्प प्रभावित पुर्याइएको छ ।