मंगलवार, २८ आश्विन, २०८२

अमेरिकी डिभी फारम भर्दा अब १ डलर शुल्क अनिवार्य

राष्ट्रिय सन्‍देश संबाददाता, आईतवार, १२ आश्विन, २०८२

अमेरिकी डिभी फारम भर्दा अब १ डलर शुल्क अनिवार्य

२०८२ असोज १२, काठमाडौं । अमेरिकी डिभी लट्रीको आवदेन फारम भर्नेहरुले अब एक डलर शुल्क तिर्नुपर्ने भएको छ । पहिले डिभी आवेदन फारम भर्दा नि:शुल्क फर्ने व्‍यवस्‍था थियो । तर अमेरिकी विदेश मन्त्रालयको निर्णय अनुसार अब आवेदन फारमसँगै एक डलर शुल्क तिर्नुपर्ने छ ।

धोकाधडी नियन्त्रण गर्न र प्रशासनिक खर्च व्यवस्थापन गर्न विश्वभरका सबै आवेदकबाट न्यूनतम शुल्क लिने निर्णय गरिएको अमेरिकी विदेश मन्त्रालयले फेडरल रजिष्टरमार्फत सार्वजनिक गरेको सूचनामा उल्‍लेख गरिएको छ ।

यो नयाँ नियम सन् २०२७ को डिभी लट्री कार्यक्रमदेखि लागू हुनेछ, जुन सन् २०२५ को अक्टुबरको सुरुमा खुल्दैछ । डिभीको फारम भर्दा पासपार्ट अनिवार्य चाहिने नियम यथावत राखिएको छ । साथै डिभी परिसकेपछि भिसा शुल्कवापत तिर्नुपर्ने ३३० डलर शुल्क पनि यथावत राखिएको छ ।

भुक्तानी प्रक्रियामा अमेरिकी सरकारको आधिकारिक अनलाइन पोर्टलमार्फत भिसा कार्ड, मास्टर कार्ड, पेपल वा अमेरिकन एक्सप्रेस प्रयोग गर्न सकिने व्यवस्था हुनेछ। नेपालमा भने प्राय: भिसा वा मास्टर कार्ड नै प्रयोगयोग्य हुने बताइएको छ । शुल्क तिरेपछि मात्र फारम सबमिट हुने भएकाले आवेदकले पहिले नै कार्डको भुक्तानी सीमाबारे स्पष्ट हुनुपर्ने मन्त्रालयले जनाएको छ ।

advertisement_1676998982.gif