मंगलवार, २८ आश्विन, २०८२

अमेरिकी राष्ट्रपति चुनाव :हालसम्म २३० सिटमा ट्रम्प विजयी,ह्यारिसले जितिन २०० सिट

राष्ट्रिय सन्‍देश संबाददाता, बुधबार, २१ कार्तिक, २०८१

अमेरिकी राष्ट्रपति चुनाव :हालसम्म  २३० सिटमा ट्रम्प विजयी,ह्यारिसले जितिन  २०० सिट

काठमाडौँ। मंगलबार सम्पन्न अमेरिकी राष्ट्रपति चुनावको  नतिजा आउने क्रम जारी छ । हालसम्म ३८ राज्यको नतिजा आएको छ । जसमध्ये २४ मा रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्प र १४ मा डेमोक्रेटिक पार्टीकी कमला ह्यारिस विजयी भएका छन् ।अमेरिकाका ५० राज्यका ५३८ इलेक्टोरल भोट अथवा सिटका लागि भोटिङ मंगलबार भएको थियो। मतगणनामा हालसम्म ट्रम्पले २३० सिटमा जित निकालेका छन् भने ह्यारिसले २०० सिट जितेकी छन्। बहुमत आउन २७० सिट जित्नुपर्ने हुन्छ। अब ट्रम्पले ४० सिटमा जित हात पारे भने उनले बहुमत ल्याउनेछन्। राष्ट्रपतिको निर्वाचनसँगै अमेरिकी संसदको दुवै सदन, सिनेट र हाउस अफ रिप्रिजेन्टेटिभका लागि पनि निर्वाचन भएको छ । यसमा पनि ट्रम्पको पार्टी रिपब्लिकनले अग्रता लिएको छ ।
उता  डेमोक्रेटिक पार्टीकी कमला ह्यारिसले जितिन् भने उनी पहिलो महिला राष्ट्रपति बनेर इतिहास रच्नेछिन् । उनी हाल अमेरिकाको उपराष्ट्रपति छन्  ।

advertisement_1744958411.jpg