मंगलवार, २८ आश्विन, २०८२

ब्राजिलमा एउटा यात्रुबाहक विमान दुर्घटना, ६१ जनाको मृत्यु

राष्ट्रिय सन्‍देश संबाददाता, शनिबार, २६ श्रावण, २०८१

ब्राजिलमा एउटा यात्रुबाहक विमान दुर्घटना, ६१ जनाको मृत्यु

तस्विर: गुगलबाट

काठमाडौं, साउन २६ । ब्राजिलको साओ पाउलो राज्यमा एउटा विमान दुर्घटनामा परेको छ । दुर्घटनामा विमानमा सवार ५७ यात्रु र ४ चालक दलका सदस्य सहित ६१ जनाकै मृत्यु भएको ब्राजिल स्थित संचारमाध्‍यमहरूले जनाएका छन्।

दुई वटा इन्जिन भएको एटीआर ७२-५०० टर्बोप्रप विमान दक्षिणी राज्य परानाको कास्केभेलबाट साओ पाउलो शहरको ग्वारुल्होस विमानस्थलका लागि उडान गरेको विमान अवतरणअघि नै भिन्हेडो शहरमा खसेकर दुर्घटना भएको भोपास एयरलाइन्सले जनाएको छ।

दुर्घटनामा ज्यान गुमाउनेका परिवार र आफन्तलाई ब्राजिलका राष्ट्रपति लुइस इनासियो लुलाले दुःख व्यक्त गरेका छन्। साओ पाउलो राज्यका गभर्नरले तीन दिने शोकको घोषणा गरेका छन् ।

advertisement_1744958411.jpg