मंगलवार, २८ आश्विन, २०८२

भारतकाे उत्‍तर प्रदेशस्थित अयोध्यामा श्रीराम मन्दिरमा तीन करोड भन्‍दा बढी चन्‍दा सङ्कलन

राष्ट्रिय सन्‍देश संबाददाता, बिहीबार, ११ माघ, २०८०

भारतकाे उत्‍तर प्रदेशस्थित अयोध्यामा श्रीराम मन्दिरमा तीन करोड भन्‍दा बढी चन्‍दा सङ्कलन

काठमाडौं । भारतकाे उत्‍तर प्रदेशस्थित अयोध्यामा श्रीराम मन्दिरमा तीन करोड भन्‍दा बढी चन्‍दा सङ्कलन भएको छ। सर्वसाधारणका लागि खुलेको पहिलो दिनमै तीन करोड भारुभन्दा धेरै दान सङ्कलन भएको हो।

मङ्गलवार धार्मिक विधिअनुसार प्राण प्रतिष्ठा अयोध्यामा राम मन्दिरको उद्घाटन र प्राणप्रतिष्ठा सम्पन्न भएको थियो ।

बुधवारदेखि मन्दिर सर्वसाधारणका लागि खुला गरेसँगै  ठूलो संख्यामा भक्तजन दर्शनका लागि पुगेका छन् । भारतीय संचारमाध्‍यमका अनुसार पहिलो दिन पाँच लाख जना भक्तजन पुगेका थिए । उनीहरूले अनलाइनमार्फत तीन करोड १७ लाख भारु दान समेत गरेको बीबीसी हिन्दीले जनाएको छ ।

राम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टका ट्रस्टी अनिल मिश्रले समारोहपछि खोलिएका १० वटा काउन्टरबाट एकै दिनमा अनलाइनमार्फत तीन करोडभन्दा धेरै चन्दा प्राप्त भएको अभिषेक समारोहको दोस्रो दिन बुधबार राति १० बजेसम्म २.५ लाख भन्दा बढी भक्तहरूले मन्दिरको दर्शन गरेको राज्‍य सरकारद्वारा जारी गरेको विज्ञप्तिमा जनाएको छ।

advertisement_1680627680.gif