राष्ट्रिय सन्देश संबाददाता, सोमबार, ९ मंसिर, २०८२
२०८२ मंसिर ८, काठमाडौँ । बलिउडका दिग्गज अभिनेता धर्मेन्द्रको निधन भएको छ । भाररतीय संचार माध्यमका अनुसार उनको ८९ वर्षको उमेरमा सोमबार मुम्बईस्थित आफ्नै निवासमा आज सोमबार निधन भएको हो ।
सन् १९६० बाट अभिनय यात्रा सुरू गरेका धर्मेन्द्रले ३०० भन्दा बढी फिल्ममा अभिनय गरेका छन् ।
'शोले' मा बहुचर्चित वीरूको भूमिकासहित 'फूल और पत्थर', 'सीता और गीता', 'चुपके चुपके', 'प्रतिज्ञा' र 'धर्म वीर' जस्ता उनका फिल्महरू सदाबहार मानिन्छन् । रोमान्टिकदेखि एक्सन हिरोसम्मको भूमिकामा उनले आफ्नो बलियो छाप छाडेका छन् ।
सन् १९९७ मा फिल्मफेयर लाइफटाइम अचिभमेन्ट र २०१२ मा भारत सरकारको पद्मभूषण सम्मान पाएका धर्मेन्द्र पछिल्लो पटक ‘तेरी बातों में ऐसा उलझा जिया’ र ‘रकी और रानी की प्रेम कहानी’ मा देखिएका थिए । उनको अन्तिम फिल्म ‘इक्किस’ प्रदर्शन हुन बाँकी छ। उक्त फिल्मको पोस्टर आइतबार मात्र सार्वजनिक गरिएको थियो ।
धर्मेन्द्रका श्रीमतीहरू प्रकाश कौर र हेमा मालिनीसहित छोराहरू सनी र बबी देओल तथा छोरीहरू ईशा र आहाना देओल छन् ।