बिहीबार, २८ फाल्गुन, २०८२

गायक प्रशान्त तामाङको निधन

राष्ट्रिय सन्‍देश संबाददाता, आईतवार, २७ पुष, २०८२

गायक प्रशान्त तामाङको निधन

२०८२ पुष २७, काठमाडौँ । गायक प्रशान्त तामाङको निधन भएको छ । नेपालीभाषी गायक तामाङ गायन रियालिटी शो इण्डियन आइडलका विजेता थिए ।

उनको दिल्लीस्थित आफ्नै निवासमा हृदयाघातका कारण निधन भएको बताइएको छ ।

इन्डियन आइडलको उपाधि जितेर अन्तर्राष्ट्रिय रूपमा परिचित बनेका तामाङ नेपाली सांगीतिक क्षेत्रमा पनि अत्यन्त लोकप्रिय थिए । गायनसँगै अभिनय क्षेत्रमा पनि सक्रिय रहेका तामाङले केही नेपाली चलचित्रमार्फत आफ्नो पहिचान बनाएका थिए।

प्रधानको निधनप्रति गायक प्रमोद खरेलले सामाजिकमा लेखेका छन्,‘कस्तो अप्रिय र अपत्यारिलो खबर सुन्न पर्यो। प्रिय प्रसान्त तामाङ हामी बीच रहनु भएन छ । उफ.. वैकुण्ठमा वास होस् ।’

त्यस्तै, संगीतकार अर्जुन पोखरेलले पनि दुःख व्यक्त गर्दै लेखेका छन्,‘नेपाली मन मुटुमा बस्न सफल प्रशान्त खड्का हामी माझ रहेनन् भन्ने खबर आयो। मन भारी भयो अति नै नरमाइलो लाग्यो। यो खबर असत्य होस भन्छु , आत्माको चिर शान्तिको कामना गर्दछु ।’ प्रशान्तको जन्म भारतमा दार्जीलिङको तुङ्सुङ भन्ने ठाउँमा भएको थियो ।

advertisement_1676551646.gif