मंगलवार, २८ आश्विन, २०८२

इजिप्टमा बुद्धको पुरानो मुर्ति फेला

रााष्ट्रिय सन्‍देश डेक्‍स, बिहीबार, २१ बैशाख, २०८०

इजिप्टमा बुद्धको पुरानो मुर्ति फेला

इजिप्ट । इजिप्टको बेरेनिस बन्दरगाह नजिकै उत्खनन गर्दा भगवान बुद्धको पुरानो मुर्ति फेला परेको छ ।

मुर्ति फेला पारेको स्‍थानबाट संस्कृतमा लेखिएको शिलालेख पनि भेटिएको छ । साथै मन्दिरको बारेमा ग्रीक भाषामा लेखिएको शिलालेख पनि भेटिएको छ ।

मूर्तिको खुट्टा नजिक कमलको फूल छ। पुरातात्विक मिसनका पोलिश टोलीका प्रमुख डा. मारियस गोयजादाले भने, “भेटिएको मूर्ति ढुङ्गाको हो। इस्तानबुलको दक्षिणी क्षेत्रबाट ढुङ्गा उत्खनन गरिएको थियो। पुरातत्वको सर्वोच्च परिषद्का महासचिव डा. मुस्तफा वजिरीले बुद्धको मुर्तिको खोजले रोमन युगमा इजिप्ट र भारतबीचको व्यापारिक सम्बन्धको अस्तित्वको महत्वपूर्ण प्रमाण दिएको बताए ।

advertisement_1676551694.gif