मंगलवार, २८ आश्विन, २०८२

इक्वेडरमा ६.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प

राष्ट्रिय सन्‍देश संबाददाता, आईतवार, ५ चैत्र, २०७९

इक्वेडरमा ६.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प

काठमाडौं । इक्वेडरको दक्षिणी तटमा ६.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा कम्तिमा १३ जनाको मृत्यु भएको समाचार ऐजेंसीले जनाएको छ।भूकम्पबाट भौतिक संरचनामा व्यापक रूपमा क्षति पुगेकाले भग्नावशेषमा च्यापिएर मृत्यु हुनेको सङ्ख्या बढ्न सक्ने अनुमान गरिएको छ ।

बालाओ सहर नजिकै भूकम्पको केन्द्रबिन्दु रहेको र भूकम्प जमिनको सतह भन्दा १० किलोमिटर तल रहेको जनाइएको छ । 

भूकम्पले सडक भत्किएका कारण सवारी साधन रोकिएका छन् भने घरहरूमा क्षति पुगेको छ । पराकम्प आइरहेकोले उद्धारका लागि सुरक्षाकर्मी परिचालन गर्न पनि अप्ठेरो भएको जनाइएको छ ।

advertisement_1676551694.gif