बिहीबार, २८ फाल्गुन, २०८२

इरानी आक्रमणबाट यूएईमा मारिएका नेपालीको परिचय खुल्यो

राष्ट्रिय सन्‍देश संबाददाता, सोमबार, १८ फाल्गुन, २०८२

इरानी आक्रमणबाट यूएईमा मारिएका नेपालीको परिचय खुल्यो

२०८२ फागुन १८, काठमाडौं । इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाउने गोरखाका दिवस श्रेष्ठ रहेको पुष्टि भएको छ । मृत्यु हुने सेक्युरिटी गार्डमा कार्यरत श्रेष्ठ भएको अबुधाबीस्थित नेपाली राजदूतावास र एनआरएनए युएइले जनाएको छ।

सोमबार नेपाली राजदूतावासले प्रेस विज्ञप्ति जारी गरी अबुधाबीस्थित जायद अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रोन निष्क्रिय पार्ने क्रममा रेक्युरिटी गार्डमा कार्यरत श्रेष्ठको मृत्यु भएको जनाइएको छ । उनी मिडिल इस्ट कम्पनीमा कार्यरत थिए ।

घटनामा २९ वर्षीय श्रेष्ठको निधन भएको यूएईको परराष्ट्र मन्त्रालय जानकारी दिएको नेपाली राजदूतावासले जनाएको छ । उनको पार्थिश शरीरलाई नेपाल ल्याउन सहजीकरण भइरहेको जनाएको छ । यससँगै यूएईमा रहेका सबै नेपालीलाई संयमता अपनाउन र सुरक्षित स्थानमा रहन आग्रह गरेको छ ।

यूएई सरकारद्वारा जारी गरिएका सुरक्षा सम्बन्धी सम्पूर्ण मापदण्ड पूर्ण रुपमा पालना गर्न पनि दूतावासले अनुरोध गरेको छ ।

एनआरएनएले २९ वर्षीय श्रेष्ठको शव स्वदेश फिर्ता लैजाने लगायतका सम्पूर्ण कार्यमा नेपाली राजदुतवास सहजीकारण गर्न तत्पर रहेको जनाएको छ ।

advertisement_1676553908.gif