मंगलवार, २८ आश्विन, २०८२

कुवेतमा भवनमा आगलागी हुँदा ४१ जनाको मृत्यु, ५० घाइते

राष्ट्रिय सन्‍देश संबाददाता, बुधबार, ३० जेष्ठ, २०८१

कुवेतमा भवनमा आगलागी हुँदा ४१ जनाको मृत्यु,  ५० घाइते

काठमाडौं, जेठ ३०। कुवेतको एक भवनमा भएको आगलागीमा परेर ४१ जनाको मृत्यु भएको छ । समाचार एजेन्सी आईएएनएसका अनुसार मारिनेमा ४० जना भारतीय नागरिक छन् । 

अहिलेसम्म ४१ जनाको मृत्यु भएको पुष्टि भएको र यीमध्ये अधिकांश भारतीय नागरिक रहेको भारतको विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले बीबीसीलाई भनेका छन् । कुवेतका लागि भारतीय राजदूतले अस्पताल पुगेर घाइतेहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए । यस घटनामा अरू करिब ५० जना घाइते भएका छन् ।

कुवेतको मङ्गाफ क्षेत्रमा रहेको ६ तले भवनको भान्छाबाट आगलागी भएको अधिकारीहरूले बताएका छन् । त्यतिबेला भवनमा १६० जना कामदार थिए । सबै कर्मचारी एउटै कम्पनीमा काम गर्थे । कुवेतका आन्तरिक मन्त्री फहद युसेफ अल सबाहले घटनास्थलको भ्रमण गरेका थिए ।

advertisement_1676553851.gif