राष्ट्रिय सन्देश संबाददाता, सोमबार, २८ पुष, २०८२
२०८२ पुष २८, काठमाडौँ । गायक तथा अभिनेता प्रशान्त तामाङको शवयात्रा अहिले दार्जिलिङमा हुदैछ । दार्जिलिङको शहर विभिन्न स्थानमा भइरहेको शवयात्रामा उनका प्रशंसकहरूले ठूलो संख्यामा सहभागिता जनाइरहेका छन् ।
शव राखिएको गाडीमा प्रशंसकहरूले पुष्पगुच्छा चढाउँदै श्रद्धासुमन अर्पण गरिरहेका छन् । जीटीए सरकारको पहलमा तामाङको शव आज बिहानै नयाँ दिल्लीबाट उनको जन्मथलो दार्जिलिङ ल्याइएको थियो ।
शवयात्रापछि अन्तिम श्रद्धाञ्जलीका लागि स्थानीय चौरस्तामा राखिने त्यहाँ पुगेका प्रशान्तका अनन्य साथी तथा कलाकार राजेश घतानीले जानकारी दिए । उनका अनुसार, आजै त्यहाँ तामाङको शवको अन्त्येष्टि गरिने भएको छ ।