राष्ट्रिय सन्देश संबाददाता, बुधबार, २२ आश्विन, २०८२
२०८२ असोज २२, काठमाडौं । इजरायली गुप्तचर निकायले हमासको अपहरणमा परेका नेपाली युवक विपिन जोशीको नयाँ भिडियो प्राप्त गरेको जनाएका छन् । उक्त भिडियो बुधबार साँझ सार्वजनिक गरिने उनको परिवारले पुष्टि गरेको छ ।
इजरायली होस्टेज फ्यामिली फोरमका अनुसार, गत वर्ष अक्टोबर ७ मा किब्बुत्ज अलुमिमबाट अपहरणमा परेका नेपाली नागरिक विपिन जोशीको भिडियो इजरायली गुप्तचर इकाईहरूले प्राप्त गरेका छन् ।
विपीन जोशी अक्टोबर ७ को नरसंहार हुनुभन्दा तीन हप्ता अगाडि मात्र इजरायल पुगेका थिए । उनी कृषि शिक्षा कार्यक्रमका लागि गएका हुन् । उनलाई किबुट्ज अलुमिमबाट अपहरण गरिएको थियो, जहाँ अन्य नेपाली नागरिकहरू पनि बसोबास गर्थे ।
वाल स्ट्रिट जर्नलको नोभेम्बर २०२३ को रिपोर्टअनुसार, विपिनले आफ्नो आश्रयस्थलमा लुकेका सबैको ज्यान बचाएका थिए । उनको झ्याल नभएको कोठामा दुईवटा ग्रेनेड फालिएको थियो । विपीनले एक ग्रेनेड समातेर बाहिर फालेका थिए, तर दोस्रो ग्रेनेड फाल्न नसक्दा त्यसको विस्फोटले उनका पाँच साथीहरू गम्भीर घाइते भए ।
वाल स्ट्रिट जर्नलले सन् २०२३ नोभेम्बरमा प्रकाशित रिपोर्टमा उल्लेख गरेअनुसार जोशीले आफ्नो शरणस्थलमा लुकेका सबैको ज्यान बचाएका थिए ।
रिपोर्टका अनुसार दुई वटा ग्रिनेड कोठाभित्र छिरेपछि उनले एउटा समातेर बाहिर फ्याँकेका थिए । तर अर्को विस्फोट हुँदा उनका पाँच साथीसाथी गम्भीर घाइते भएका थिए ।