मंगलवार, २८ आश्विन, २०८२

विधानसभा चुनाब :तीन राज्यमा सत्तारुढ भाजपाको बहुमत ।

राष्ट्रिय सन्‍देश संबाददाता, आईतवार, १७ मंसिर, २०८०

विधानसभा चुनाब :तीन राज्यमा सत्तारुढ  भाजपाको  बहुमत ।

काठमाडौँ। छिमेकी देश भारतमा भर्खरै सम्पन्न चार राज्यहरुको  विधानसभा चुनाबमा  अनुसार राति ८ बजेसम्म भाजपाले मध्य प्रदेशमा १२८ सिट जितेर बहुमतको आँकडा पार गरेको छ । जबकि कांग्रेसले ३८ सिट जितेको छ । राज्यको १६८ सिटमा मतगणना सकिएको छ भने ६२ सिटमा मतगणना जारी छ ।

राजस्थानमा भाजपाले ११५ सिट जितेर बहुमतको आँकडा पार गरेको छ । जबकि कांग्रेसले ६८ सिट जितेको छ । जहाँ बसपाले २ सिट जितेको छ । राजस्थानको १९८ सिटमा भएको मतगणना सकिएको छ भने एक सिटमा मात्रै मतगणना बाँकी छ ।

छत्तीसगढमा भाजपाले ३४ सिट जितेको छ । जबकि कांग्रेसले २१ सिट जितेको छ । छत्तीसगढमा ५५ सिटमा मतगणना सकिएको छ भने ३५ सिटमा मतगणना जारी छ ।

तेलंगानामा कांग्रेसले ६१ सिट जितेर बहुमत हासिल गरेको छ । जबकि बीआरएसले ३३ सिट जितेको छ । भाजपाले ८ सिट जितेको छ भने एआईएमआईएमले ५ सिट जितेको छ । राज्यको 119 सिट मध्ये 108 सिटमा मतगणना सकिएको छ।
 

advertisement_1680627680.gif