बिहीबार, २८ फाल्गुन, २०८२

यूएईमा रहेका नेपालीलाई कागजात सुरक्षित राख्न दूतावासको आग्रह

राष्ट्रिय सन्‍देश संबाददाता, मंगलवार, २६ फाल्गुन, २०८२

यूएईमा रहेका नेपालीलाई कागजात सुरक्षित राख्न दूतावासको आग्रह

२०८२ फागुन २६, काठमाडौं । यूएईस्थित नेपाली दूतावासले यूएईमा बसोबास तथा काम गरिरहेका नेपाली नागरिकलाई आफ्ना महत्वपूर्ण कागजात सुरक्षित राख्न आग्रह गरेको छ ।

दूतावासले मंगलबार जारी गरेको सूचनामा राहदानीको म्याद समयमै जाँच गर्न र राहदानी, नागरिकता तथा इमिरेट्स आईडी जस्ता कागजातको डिजिटल प्रतिलिपि सुरक्षित राख्न अनुरोध गरिएको छ । यूएईमा करिब सात लाख नेपाली कार्यरत रहेको अनुमान छ ।

“यूएईमा बसोबास तथा कार्यरत सम्पूर्ण नेपालीहरूलाई समयमै आफ्नो राहदानीको बहाल अवधि चेक गर्नुहुन र आफ्ना महत्त्वपूर्ण कागजातहरू जस्तै आफ्नो राहदानी, नागरिकता तथा इमिरेट्स आईडीको डिजिटल कपी सुरक्षित राख्नुहुन अनुरोध छ,” दूतावासले सूचनामा भनेको छ ।

सूचनामा राहदानीको म्याद सकिएको वा सकिन लागेमा छिटो नवीकरणका लागि अबुधाबीस्थित नेपाली दूतावास वा दुबईस्थित नेपाली नेपाली महावाणिज्यदूतावासमा आवेदन दिन अनुरोध समेत गरिएको छ ।

त्यस्तै कुनै सेवा लिन दूतावास वा कन्सुलेट कार्यालय जाँदा स्थानीय सुरक्षा अवस्था र नियमहरूको पालना गर्न पनि दूतावासले सबै नेपालीलाई अनुरोध गरेको छ ।

advertisement_1772818633.jpg