राष्ट्रिय सन्देश संबाददाता, बुधबार, १ श्रावण, २०८२
३२ असार २०८२, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले के.पी. शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । बुधबार बसेको संसदीय दलको बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको पार्टीका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।
बुधबार बसेको जसपा नेपालको संसदीय दलको बैठकले सरकार भ्रष्टाचार, अनियमितता, दण्डहीनता र कमिसनतन्त्रमा लिप्त रहेको ठहर गर्दै समर्थन फिर्ता लिने निर्णय गरेको हो ।
जसपा नेपालले सरकारले सुशासन, आर्थिक विकास र सामाजिक न्यायका क्षेत्रमा असफल भएको निष्कर्ष निकालेको पार्टीका एक नेताले बताए ।