मंगलवार, २८ आश्विन, २०८२

कालीकोटामा जीप दुर्घटना हुँदा १० जनाको मृत्यु, १० जना घाइते

राष्ट्रिय सन्‍देश संबाददाता, आईतवार, २५ कार्तिक, २०८१

कालीकोटामा जीप दुर्घटना हुँदा १० जनाको मृत्यु, १० जना घाइते

कालीकोट, कार्तिक २५ । कालीकोटको पलाता गाउँपालिका ३ राडूनेटामा बोलेरो गाडी दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ भने अन्य १० जना घाइते भएका छन् । 

कर्णाली प्रदेश ००१ ज ५६ नम्बरको बलेरो जीप पलाँता गाउँपालिका वडा नम्बर ३ राडुनेटा भन्ने स्थानमा आइतबार दिउँसो साढे २ बजेतिर दुर्घटना भएको हो ।

गाडीमा सवार २० जनामध्ये १० जनाको घटनास्थलमै मृत्यु भएको कालीकोटका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जानकारी दिए । उनका अनुसार बाँकी १० जना घाइते छन् ।

पलाताको थिर्पूबाट २० जना यात्रु बोकेर गएको बोलेरो आइतबार दिउँसो साढे दुई बजे दुर्घटना भएको थियो । कर्णाली प्रदेश ००१ ज ५६ नम्बरको बोलेरो गाडी सडकबाट ५०० मिटर तल खसेको छ ।

 दुर्घटनामा  घाइते भएका १३ जनालाई उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेत ल्याउने तयारी भएको छ । उनीहरुलाई लिन नेपाली सेनाको हेलिकप्टर घटनास्थलमा पुगेको छ ।

advertisement_1676998982.gif