राष्ट्रिय सन्देश संबाददाता, बिहीबार, ७ बैशाख, २०८०
सुर्खेत। कर्णाली प्रदेशमा नेपाली कांग्रेसका तर्फबाट नवनियुक्त तीन मन्त्री वेदराज सिंह, खड्गबहादुर पोखरेल र कृष्णकुमार बिसीलाई प्रदेश तिलक परियारले पद तथा गोपनियताको सपथ गराएका छन् ।
यसअघि भौतिक पूर्वाधार राज्यमन्त्री रहेकी उर्मिला विश्वकर्माले अहिले ऊर्जामन्त्रीको सपथ लिएकी छन् ।त्यसैगरी, मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालय र जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयलाई छुट्टाछुट्टै गरी ऊर्जालाई विभाजन गरेपछि कर्णाली प्रदेशमा मन्त्रालयको सङ्ख्या आठ पुगेको छ ।
यसअघि एमाले–माओवादी गठबन्धनमा ऊर्जालाई भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयमा गाभिएको थियो ।