राष्ट्रिय सन्देश संबाददाता, बुधबार, १८ असार, २०८२
१८ असार २०८२, रुकुमपश्चिम । रुकुमपश्चिममा एक पुरुषले खुकुरी प्रहार गरेर श्रीमतीको हत्या गरेका छन् । गए राति निजले खुकुरी प्रहार गरेर देविको हत्या गरेका हुन् ।
चौरजहारी नगरपालिका–३ टाटागाउँ निवासी ३२ वर्षका चन्द्रबहादुर बुढाथोकीले ३० वर्षीया श्रीमती देविका बुढाथोकीको हत्या गरेको प्रहरीले जनाएको छ । उक्त घटनाको जानकारी लगत्तै इलाका प्रहरी कार्यालय चौरजहारीबाट प्रहरी निरीक्षक दिपेन्द्र रावतको नेतृत्वमा गएको प्रहरी टोलीले खुकुरीसहित चन्द्रबहादुरलाई नियन्त्रणमा लिएको छ ।
घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।