बलराम खनाल, बिहीबार, १४ असार, २०८१
सानो देखिने यो प्रश्नको उत्तर त्यति नै विस्तृत छ । मुख्यतया हामी अन्नमयकोष,प्राणमयकोष,ज्ञानमयकोष, विज्ञानमयकोष आनन्दमयकोष को संयोजन हो । जीवितै बाहिरिने उपाय भनेको निर्विकल्प समाधी । यो हाम्रो प्राकृतिक सूक्ष्म शरीर हो, जो पृथ्वी,जल,आकाश,वायु र आगो सन्तुलित र मर्यादित स्थितिमा मिलेर यसको सन्चालन गरिरहेका छन् । यो विशेषतः आध्यात्मिक शास्त्रहरु तथा आयुर्वेद ग्रन्थहरुमा स्पष्ट वर्णन पाइन्छ । धेरै साधेर महात्मा बन्न नसके पनि सामान्य शरीर स्वस्थ राख्न मात्र 10-20% यो कला सिक्न सके अपूर्व लाभ हुनेछ । यसको सामान्य नियम जान्न सके मानिस प्रायः रोगी हुनु पर्दैन । केही असन्तुलन हुने वित्तकै समावस्थामा ल्याउन सकिन्छ जटिलता सम्म पुग्न पाउंदैन । व्यापकतामा जान सके जरा व्याधि सहित मृत्युभय बाट पनि केही हद सम्म सहज हुन सकिन्छ । यस्तो तमाम इतिहासका विद्वान महात्मा पुरुषहरुले सिकायर गएका छन् ।
भौतिक (Physical) रूपमा सरसरी हेर्दा केही हाडमासु, रस, रक्त बोंसो तथा मासंपेशी रौं आदीको पिण्ड मात्र हो । यसको गठनमा कहींकुनै कुरुपता असन्तुलन हुन गए रोग मानिन्छ । यो सामान्य शरीर तथा केही बायोलोजिकल रक्त परीक्षण गरेर जान्न सकिन्छ । तदनुसार औषधि र व्यायाम आदि गरेर पुर्वावस्थामा ल्याउंन सकिन्छ । दुर्घटनाको अंगभंग बाहेक प्रायः सबै ठीक हुन्छ आजीवन औषधि खाई रहनु पर्दैन । अति आवश्यक नपरे सम्म आत्तियर सर्जरी गराउनु पनि राम्रो मानिंदैन किनकि सर्जरीका केही आफ्नै नकारात्कम पक्षहरु पनि वेहोर्नु पर्ने हुन्छ तर एक्सीडेन्ट विशेषमा पुर्वाग्रही हुनु हुंदैन सर्जरी गरेर ठीक हुन सकिन्छ । अंगभंग भएको सकेसम्म राम्रो बनाइन्छ यही सर्जरीको विशेषता हो ।
रासायनिक (Chemistry) रूपमा पोटासियम, कैल्सियम,फस्फेट,मेग्नेसियम,युरिया,कोबाल्ट क्लोराइड, केडमियम,निकेल आदि सयौं रसायन तथा एमिनो एसिडको संतुलन संयोजन मात्र हो । यसैको असन्तुलनले उपरोक्त भौतिक शरीरमा रोग देखिन्छ र कष्ट हुन्छ । ती रोग कुनै कुनै कष्टदायक हुन्छन् तर देखिंदैनन, कुनै प्रष्ट रूपमा देखिन्छन् । यो पनि रासायनिक संरचनाको रक्तमा जाँच गरेर असन्तुलन जान्न सकिन्छ । तदनुसार औषधि गरे निको हुन्छ । यो प्रायः खानपान द्वारा कुनै रसायनको अधिकता वा अभाव हुनाले असन्तुलन हुन्छ । त्यहि अधिक रसायनले रक्तदुषित भएर अंगविशेषमा हानी गर्छ जस मध्ये केही ठीक हुन्छ केही अन्तःश्रावी ग्रन्थी भने स्थायी रुपले खराब भैसकेका हुनाले पुर्वावस्थामा ल्याउन गाह्रो हुन्छ , जस्तै किडनी,कलेजो,अग्नाशय आदि । इनका अंग र काम विशेषले रोग लक्षण र कष्ट पनि भिन्न भिन्न हुन्छन् । जस्तै किडनीले दुषित र शरीरलाई बढी भएको काम नलाग्ने पदार्थ बाहिर निकाल्ने काम गर्छ । त्यस बाहेक ब्लडप्रेशर, नूनको मात्र नियन्त्रण का साथै क्याल्सियमको चयापचय (Metabolism) नियमन गर्छ । शरीरमा पानीको मात्रा नियन्त्रण पनि यसै अंगले गर्दछ । यसमा रोग निको वा नियन्त्रण हुने कुरा रोगको स्तर,रोगीको उमेर र वातावरणमा निर्भर गर्छ । कहिले काहीं विशेष आजभोली डायेलेसिस द्वारा रोगीको जीवन लामो बनाइन्छ । अंग प्रत्यारोपण पनि चलनमा छ त्यो अलि जटिल प्रकृयाबाट जानुपर्छ र त्यसका जटिलता धेरै हानिकारक पनि हुन सक्छन् ।
यस्तै कलेजोले शरीरको सम्पुर्ण आहार आपुर्ती तथा भोजनमा नभएका कैयौं नभै नहुने तत्वहरु चाहिने मात्रा अनुसार बनाउने बढी भएको भन्डार गरेर राख्ने आवश्यक पर्दा निकालरे खर्च गर्ने काम गर्छ । त्यस बाहेक रक्त निर्माण रक्तमा आवश्यक पोषक तत्वहरुको नियमन का साथै अक्सिजनको मात्रा नियमन गर्ने काम गर्छ । हामिले खाएको आहारमा बढी भएको अतिरिक्त पोषण सूक्ष्म बनायर आफै राख्ने बढी भएको बोंसो बनायर शरीरको विभिन्न भागमा सुरक्षित राख्ने काम गर्छ । यसको रोग लागेमा शुरु शुरुमा खानपान र औषधि द्वारा उपचार गरिन्छ धेरै जटिलतामा अंग प्रत्यारोपण गरिन्छ तर त्यो जटिलता सँगै निकै महंगो हुन्छ जनसामान्यले खर्च थेग्न सक्दैन ।
एउटा विद्युतीय शरीर हुन्छ जो भौतिक र रासायनिक तत्वको प्राणको रुपमा जान सकिन्छ । यो निकै जटिल हुन्छ यही हामी अथवा वास्तविक मानव हो । हाम्रो प्रत्येक क्रिया कलाप त्यसैमा टिकेको छ । यसले भौतिक र रासायनिक शरीरमा आश्रित भै शरीर र मष्तिस्कमा विभिन्न उर्जा संचालन मा मद्दत गरि रहेको हुन्छ । यो आफै खराब हुंदैन भौतिक,रासायनिक असन्तुलन या विकृति हुनाले यसको संचालनमा बाधा हुन जान्छ अनि रोग लाग्छ । यो प्रायः औषधिले ठीक हुन्छ । यसको उपचार भौतिक वा रासायनिक विकृत जहाँ हुन्छ त्यो समावस्थामा ल्याए पछि यसको प्रवाह नियमित भै रोग निको हुन्छ । यहा सम्म आधुनिक चिकित्सा विज्ञान पूर्ण रुपमा पुग्न सकेको छैन । यहीं आध्यात्म लागि हुन्छ । मानव जीवनको आध्यात्मिक रहस्य अति विचित्र छ । यसमा त्यति रहस्य भरियको छ कि सामान्य बुद्धिले त्यसमा विश्वास गर्न असहाय नै अनुभव गरेको पाइन्छ । जुन देहको जीवन परिचय पाइन्छ त्यो माथी भने झैं निकै आधा अधुरो छ । सामान्यतः हेर्दा हाडमासुको ढाँचा मात्र देखिन्छ त्यस भित्र प्राण भ्रमण गरि रहेको हुन्छ तर वैज्ञानिक दृष्टिले हेर्दा त्यस भित्र पनि अनेकौं सूक्ष्मताले भरियको छ जहाँ पुग्न आधुनिक विज्ञान पनि असमर्थ नै देखिन्छ ।
अन्तःश्रावी ग्रन्थीहरुको संरचना , मांसपेशीमा बेरिएको तन्त्रिका पुञ्ज,मस्तिष्कका आधा भन्दा धेरै कोशिकाहरु निष्क्रियताले आधुनिक महावैज्ञानिकहरु पनि हैरान भएका छन् । दसौं वर्षको अनुसन्धानले रत्तिभर परिणाम आउंछ त्यही हाम्रा लागी ठूलो उपलब्धी हुन्छ । केही वैज्ञानिकले त विज्ञान र वैज्ञानिकताले जुन शरीरका सूक्ष्म संरचनाहरु भेद्न सकेको छैन सम्भवतः त्यो नै आध्यात्मिक रहस्यको द्वार हो की ? भन्न थालेका छन् । यो कुरा केही वर्ष पहिले सहस्राब्दी प्रवेशको शुभ घडिमा एउटा ग्रन्थ Prediction for the next millenium को सम्पादन क्रममा डेविड क्रिस्टाफ एवं डब्ल्यू निकरसनले उल्लेख गरेका हुन् । यो ग्रन्थमा 270 विशिष्ट वैज्ञानिकहरुले आ-आफ्ना विचार व्यक्त गरेका छन् । यसलाई माध्यम बनायर भविष्यको मानव विकास माथी प्रकाश पारियको छ । त्यसको सारांश संक्षेपमा भन्दा भविष्यमा मानव जीवनको आध्यात्मिक रहस्यहरु वैज्ञानिक रीतिले बुझ्न योग्य होला भन्न सकिन्छ।
जहाँ सम्म वर्तमानको विचार हो त्यो केवल देहको रहस्य अबुझ बनेको छ साथै प्राण पनि रहस्य नै बनेको छ । नाडी संस्थानमा बग्ने प्राणको विश्व प्राणसँग कस्तो र कसरी सम्बन्ध हुन सक्छ ? यसको सटीक वैज्ञानिक उत्तर छैन । विज्ञानले वस्तुको प्रमाणिकता मात्र स्वीकार गर्छ जबकी प्राण वस्तु होइन । त्यसको विपरीत सम्पुर्ण आध्यात्म यही प्राणमा टिकेको छ । प्राण का भेद उपभेद भावना एवं विचारको प्रभाव यस शरीरमा आश्चर्यजनक रूपमा देखिन्छ यसको सही सटीक ज्ञान राख्ने महात्मा आज पनि जीवित छन् । कहिं कसैले शंका नगरोस भरखरै शंकराचार्य श्रीरामभद्राचार्य जो जन्मान्ध हुनुहुन्छ उहाँले दिएको स्पष्ट शास्त्रोक्त मौखिक प्रमाण नै 500 वर्ष पुरानो बाबरी मस्जिद रामजन्मभूमीको विवाद को सही मुल्यांकन गरि न्याय दिन सक्ने प्रमाणको रूपमा लियर भसरतीय न्यायालयले न्याय दिएको हो जो ऐलेको अयोध्यामा राममन्दिर बनेर तयार भएको छ । साराँशमा प्रकृति का अनेकौं रहस्यहरु अध्यात्मले हजारौं वर्ष पहिल्यै दस्तावेजिकरण गरेको छ । ऐले वैज्ञानिकहरुले त्यसैको केही केही रहस्यहरु मात्र प्रमाणित गर्न थालेको छ ।
एउटा भावना शरीर हुन्छ जसलाई देख्ने र जाँच्ने कुनै साधन छैन । पुराना वैद्य हकीमहरुले नारी हेरेर पत्तो लगाउंछन मोडर्न मेडिकल साइन्सले यसमा खासै केही गर्दैन, किनकी यहाँ भौतिक,रासायनिक र विद्युतीय विकृति हुदैनन् । न्युरो या मनोरोग विशेषज्ञ(साकियाट्रिस्ट)ले लक्षण र कष्ट कम गर्ने दवाई तथा विशेष काउन्सिलिंग गरेर रोगीलाई सहजावस्थामा ल्याउंछन् । रोगीको मनोबल बलियो बनाउंने वातावरण बनायर स्वतः ठीक हुन प्रेरित गरिन्छ । केही युनानी आयुर्वेदिक योगहरुले निकै राम्रो र हानिरहित पुर्वावस्थामा ल्याउन सक्छन । मानव व्यवहार सबै भन्दा पर एक आध्यात्मिक अर्थात कारण शरीर छ जो प्रकट रूपमा नदेखिने तर सबै व्यापार त्यसैमा हुन्छ । जस्तै मन यो एक वेग मात्र हो तर यसले भौतिक,रासायनिक र आत्मिक तीनै ठाउंमा भरपूर संचालन सम्बर्धन र सम्हारण गरिरहेको हुन्छ । मन प्रसन्न हुन धन चाहिंदैन । त्यही प्रसन्न मनले संसारको सबै सुखवदुःखको अनुभव गर्छ गराउंछ । दुःखी मनले नै रोगी बनाउंदो रहेछ । एक्सिडेन्ट बाहेक प्राय सबै यसै मनका व्यापारिक नाफा नोक्सानका कारण हुन जो हामिले स्वयं उत्पन्न गरेका हौं ।