मंगलवार, १८ मंसिर, २०८१

advertisement_1730215456.gif

इजरायली भूमिको युद्धले बगायो नेपालीको आँसु।

कल्पना खरेल, बिहीबार, २५ आश्विन, २०८०

इजरायली भूमिको युद्धले बगायो नेपालीको आँसु।

इजरायलमा ७५ वर्षे इतिहासको सबैभन्दा खतरनाक आक्रमणबाट मृत्यु हुनेको सङ्ख्या दुवैतर्फ करिब हजार भन्दा बढी नाघेको छ भने हमासका लडाकुहरुले इजरायलका सर्वसाधारण र सैनिक गरी एक सयभन्दा बढीलाई बन्दी बनाएका छन् । इजरायल र हमासबीचको युद्ध बारम्बार हुँदै आएको छ । इजरायल सधैं युद्धमै आक्रान्त छ । लडाकु समुह कहिले हमास, कहिले हिजबुल्लाहसँग भिड्न ठिक्क छ । पछिल्लो पटकको युद्धमा इजरायलले ठुलो भौतिक र मानवीय क्षति व्यहोर्नु प¥यो ।


युद्धको इतिहास :
 शताब्दी पुरानो कारणले इजरायल र प्यालेस्टाइनको सशस्त्र समूहबीच बारम्बार युद्ध चल्छ । मध्यपूर्वमा ओट्टोमान साम्राज्य थियो । त्यसका सम्राटलाई पहिलो विश्वयुद्धमा पराजित गर्दै बेलायतले प्यालेस्टाइन क्षेत्रलाई आफ्नो नियन्त्रणमा लियो । त्यसताका त्यस क्षेत्रमा अरबीहरुको बाहुल्य थियो भने यहुदीको सङ्ख्या निकै न्यून थियो । बेलायतले यहुदीका लागि प्यालेस्टाइन क्षेत्रमा छुट्टै राष्ट्रिय आवास बनायो । बेलायतको यो कदमसँगै त्यहाँ दुई समुदायबीच तनाव सुरु भयो । यहुदीहरूको लागि त्यो स्थान पुख्र्यौली थियो । तर अरबीहरुले पनि त्यस भूमिमा आफ्नो दाबी छोडेनन् । सन् १९२० देखि १९५० को बीचमा त्यहाँ यहुदीहरु आउने क्रम बढ्यो । दोस्रो विश्वयुद्धपछि युरोपमा उत्पीडनमा परेका यहुदीहरु मातृभूमि खोज्दै त्यहाँ पुगे । सन् १९४७ मा संयुक्त राष्ट्रसंघमा प्यालेस्टाइनलाई यहुदी र  अरबी राज्य बनाएर दुई भागमा विभाजन गर्ने र जेरुसेलमलाई यहुदी र अरबी राज्यमा नराखी छुट्टै अन्तर्राष्ट्रिय सहर बनाउने प्रस्तावमा मतदान भयो । यो प्रस्तावको समर्थनमा यहुदी नेताहरु थिए । तर अरबी पक्ष यसको विपक्षमा उभियो ।
प्रस्तावको विपक्षमा रहेका अरबी समूहले सन् १९४८, ६ मार्चमा यहुदीुविरुद्ध हमला गरे । यो नै अरबी र यहुदीबीच द्वन्द्वको  पहिलो सुरुवात थियो ।
अहिले चलिरहेको युद्धको चपेटामा नेपाली १० जना विद्यार्थीहरुले ज्यान गुमाएका छन् भने केही नेपालीहरु घाइते भएका छन् । अझै धेरै नेपाली इजरायलमा डर, त्रास भयमा बङ्करभित्र लुकेर बसेका छन् । इजरायलको त्यो युद्धले नेपाललाई समेत प्रभावित पारेको छ । त्यस युद्धको प्रभावले नेपालले समेत ठुलै मूल्य चुकाउनु परेको छ । इजरायली युद्धको चपेटामा नेपालीहरुले आफन्त गुमाएका छन् । नेपाली पीडामा छन् । आतङ्ककारी लडाकु हमासको गतिविधिले नेपाललाई समेत धमिलो बनाएको छ । 
अहिले भीषण युद्धमा छ इजरायल । यसै क्रममा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले ‘यो युद्ध उनीहरूले सुरु गरे, यसको अन्त्य हामी गर्नेछौं’ यसो भन्दै उनले हमासलाई कडा चेतावनी दिएका छन् । 
इरानले हमासलाई समर्थन गर्दै आएको छ । यो कुरा दक्षिणी लेबनानबाट सञ्चालित लडाकू समूह हिजबुल्लाहको हमासलाई सहयोग गर्ने प्रतिवद्धताबाटप्रष्ट हुन्छ । हमास र हिजबुल्लाह आतङ्कककारी लडाकु समुह इजरायलको टाउको दुखाइको बिषय हो । 
इजरायलीहरु भन्छन्,’ ‘युद्ध हाम्रो रहर होइन । आइलाग्नेसँग जाइलाग्नै पर्ने बाध्यता हो ! तर यो बाध्यात्मक परिस्थितिलाई अन्तर्राष्ट्रिय स्तरमा हेरिँदैन । जहिले इजरायलीप्रति कलङ्क लगाइन्छ । अन्तर्राष्ट्रिय मानव अधिकारकर्मीहरु भन्छन्– ‘इजरायलले युद्ध गरेर मानव अधिकार हनन ग¥यो । इजरायल क्रुर बन्यो ।’
तर इजरायलीहरुको भोगाइ धेरै फरक छ ! इतिहासलाई पल्टाएर हेर्दा मानब सभ्यताको सुरुवातदेखि यहुदीलाई सखाप पर्ने योजना भएको देखिन्छ  । पच्चीस सय वर्ष पहिले नै इजरायल यहुदीको देश भएको बाइवलमा प्रमाणित छ ! प्राचीनकालदेखि इजरायलमा जातीय सम्प्रदायी अर्थात धार्मिक युद्ध भइरहँदा धेरै यहुदीहरु मारीए । बाचेका केही यहुदीहरु विस्तापित भए । तिनै यहुदीहरु युरोपलगायत विभिन्न देशमा स्थापित भएका थिए ।


विभिन्न कालखण्डमा भएको युद्धमा यहुदीलाई नै निसानी बनाइएको इतिहास छ । प्रायः जुनसुकै राज्यसत्ताले पनि यहुदी माथि प्रहार गर्दै आएको इतिहास साक्षी छ । जुन पहिलो विश्वयुद्ध र दोस्रो विश्वयुद्ध दर्दनाक काहाली लाग्दो यथार्थ छ ! पहिलो विश्व युद्धमा पनि असङ्ख्य मात्रामा यहुदीहरु निर्ममतापूर्वक मारिए ! दोस्रो विस्वयुद्धमा ६० लाख यहुदी मारिए ।! हिटलरको शासन कुर बन्यो । विभिन्न कालखण्डमा संसारभरिबाट यहुदीहरुलाई बन्दक बनाइएको, हताहत भएको, लखेटिएको, हत्या गरिएको  इतिहास पाइन्छ । पछिल्लो समय जब युद्ध हुन्छ, इजरायलले पनि सक्दो बल प्रयोग गर्छ । त्यसै कारण इजरायललाई विश्वले हेर्ने दुष्टिकोण फरक छ । इजरायलीहरुलाई आफ्नु रक्षाको निमित्त बलियो बन्नै पर्ने आवश्यक छ । सधैंभरि सत्रुको निसानिमा छ यहुदी र इजरायल ।


दोस्रो विश्वयुद्धपछि बचेका यहुदीहरुलाई संयुक्त राष्ट्रसंघले सन् १९४७ मा इजरायलमा स्थापित ग¥यो ! त्यसै इजरायली भुमिको कारण सधंै इजरायलले द्वन्द्व बेहार्नु परिरहेको छ ! मेरो एक दसक इजरायल बासईमा पटक पटक युद्ध भयो ! सन् २०६ मा १८ दिन भीषण युद्ध भएको थियो । त्यस बखत लेबननबाट हिजबुल्लाह आतङ्ककारी लडाकु समुहले हमला गरेको थियो ! त्यसको प्रतक्ष्य असर हाइफा सहरले भोगेको थियो ! म आफैं पनि हाइफा सहरमा थिएँ ! मेरो मानसपटलमा अठार दिनसम्म बंकरमा लुकेर बसेको तितो अनुभब सजिव छ ।


त्यस बखतमा खासै इजरायलमा त्यति ठुलो क्षति भएको थिएन । इजरायलले प्रतिकार गर्दा लेबननको बेरुत सहरले ठुलै क्षति बेहोर्नु परेको थियो । इजरायली आर्मी विश्वकै पोख्त मानिन्छ । आफ्नु रक्षाको निमित्त सफल हुँदै आएका इजरायली आर्मीलाई यसपटक कसरी आतङककारीले झुक्काउन सफल भयो ? त्यसको फलस्वरूप पछिल्लो समय इजरायलले ठुलो क्षति बेहो¥यो ।
यसै सन्दर्भमा बन्धकहरूको दुर्दशामा बोल्दै प्रधानमन्त्री नेतन्याहुले निर्दोष इजरायलीहरू विरुद्ध हमासले गरेको क्रूर आक्रमणा स्तब्ध पार्ने बताएका छन्। उनीहरूले घरभित्र पसेर परिवारको हत्या गरे, चाडपर्वमा सयौं युवाको हत्या गरे, बालबालिका र वृद्धवृद्धाहरूलाई अपहरण गरे । यो सबै बर्बरता हो । उनले हमासलाई आईएसआईएससँग तुलना गर्दै आफ्नो पराजयका लागि तयार हुन हमासलाई कडा चेतावनी दिएका छन् । यसैकारण यो युद्ध सजिलै अन्त्य हुने देखिँदैन ।


जब जब यहुदीहरुले इजरायलमा चाडपर्व मनाउन थाल्छन् तब त्यसै समयमा लडाकु समुहले दाउ छोप्छन् । यस्तै घटना पहिला पनि भएको थियो । इजरायलीले चाडपर्व मनाइरहँदा सबै छिमेकी राष्ट्रले इजरायललाई हमला गरेको थियो । सबैलाई पराजित गरेर इजरायलले विजय प्राप्त गरेको थियो ।
युद्धले कसैको पनि हित गर्दैन त्यसैले इजरायलमा शान्ति छाओस् । छिटो परिस्थिति अनुकूल बनोस् ! छिटो शान्ति सम्झौता होस् !  
(लेखक खरेल लामो समय इजरायलमा बसोबास गरेकी चर्चित उपन्यास ‘लभ इन जेरुसलेम’ की लेखक हुन् । –सम्पादक)  

advertisement_1676551694.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif
advertisement_1697302073.jpg
advertisement_1697378651.jpg
advertisement_1697382926.jpg