मंगलवार, १८ चैत्र, २०८१

लुम्बिनी प्रदेशको समृद्धिको यात्रामा बाँकेको पर्यटन प्रवद्र्धनले पार्ने प्रभाव

डा. कवीन्द्र राज भट्टराई, मंगलवार, ४ चैत्र, २०८१

लुम्बिनी प्रदेशको समृद्धिको यात्रामा बाँकेको पर्यटन प्रवद्र्धनले पार्ने प्रभाव

भूमिका: नेपालको पश्चिमी भेगमा अवस्थित बाँके जिल्ला, नयाँ मुलुक भित्रको चार जिल्ला मध्ये एक जिल्ला हो । यो जिल्ला भौगोलिक, साँस्कृतिक र आर्थिक विविधताले भरिपूर्ण छ। साविक सुदूरपश्चिम र मध्यपश्चिमको व्यापारिक र पर्यटकीय प्रवेशद्वारका रूपमा रहेको नेपालगन्ज यो जिल्लाको सदरमुकाम हो।यो तत्कालीन अवस्थामा शिक्षाको केन्द्रविन्दु समेत हो बाँके । प्रदेश संरचनाका कारण कतिपय सरकारी कार्यालयहरू अन्यत्र सारिएको वर्तमान अवस्थामा यो शहर मृत शहरमा परिणत हुने त होइन भनेर नेपालगन्जवासी चिन्तित रहेका छन् । तर यस जिल्लाको समग्र विकास र आर्थिक उन्नतिका लागि यसै जिल्लाका पर्यटकिय क्षेत्रहरूलाई पूर्णरूपमा प्रयोगमा ल्याउन सक्ने हो भने लुम्बिनी प्रदेशको समृद्धि यात्रामा महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्नेछ । यहाँका धार्मिक स्थलहरू, प्राकृतिक सौन्दर्य, साँस्कृतिक सम्पदा र जैविक विविधता यस क्षेत्रका प्रमुख आकर्षण हुन् । बाँकेको पर्यटन प्रवद्र्धनले रोजगारी सिर्जना, आर्थिक समृद्धि, साँस्कृतिक संरक्षण र स्थानीय विकासमा समेत टेवा पु¥याउनेछ ।

१. धार्मिक पर्यटन प्रवद्र्धन र आर्थिक लाभ :बाँकेको धार्मिक पर्यटक स्थलहरूमा बागेश्वरी मन्दिर,बाबा बर्फानी, सन्तानेश्वर महादेव, श्रीराम मन्दिर, राधाकृष्ण मन्दिर, लक्ष्मी नारायणको मन्दिर जस्ता महत्वपूर्ण स्थलहरू छन्, जुन नेपाली मात्र होइन भारतीय धार्मिक पर्यटकहरुको आकर्षणको केन्द्र बन्दैछन् ।यी स्थलहरू धार्मिक आस्थाका केन्द्र मात्र नभई स्थानीय व्यवसाय प्रवद्र्धनका माध्यम पनि हुन् ।

धार्मिक पर्यटनले आर्थिक वृद्धि :धार्मिक पर्यटकहरूको आगमनले होटल व्यवसाय, यातायात सेवा, हस्तकला व्यवसाय, र स्थानीय उत्पादनमा वृद्धि गर्छ (Shrestha, २०१८) । बाँकेको छिमेकी रहेको भारतको उत्तर प्रदेशको जनसंख्या करिब २५ करोड छ। ती मध्ये ७० प्रतिशत हिन्दू रहेका छन् ।जस अनुसार करीब साढे सत्र करोड हिन्दूहरूको बसोवास रहेको छ । ती मध्ये करीब १५–२० प्रतिशत अर्थात् करीब ३ करोड जतिलाई मात्र धार्मिक पर्यटकको रूपमा आकर्षित गर्न सकेमा बाँकेको धार्मिक पर्यटनले बाँकेलाई समृद्ध बनाउन सकिन्छ । साउनको महिना पवित्र महिना र महादेवको महिना पनि हो । विश्वमै एक मात्र जुँगे महादेव यहाँ रहेकोले साउन महिनाको प्रत्येक सोमवार रूद्राभिषेक गर्न सकिएमा व्यापारिक, औद्योगिक व्यक्तित्वहरू अत्यधिक रूपमा यहाँ आउनेछन्।त्यस्तै प्रसिद्ध शक्तिपीठ हिन्दू धर्मावलम्वीहरुको आस्थाको केन्द्रको रुपमा रहेको बागेश्वरी मन्दिरमा विशेष गरेर वडा दशैं र चैते दशैंमा छिमेकी भारतका पर्यटकहरु पनि पर्याप्त मात्रामा आउने गर्दछन् । विगत दुई वर्ष यता हरेक सोमवार साँझ गरिने महाआरती कार्यक्रम दिनप्रति दिन लोकप्रिय हुँदै आएको छ । उनिहरूबाट गरिने विविध प्रकार धार्मिक तथा जातिय संस्कारका कार्यक्रमहरुको माध्यमबाट प्राप्त हुने दान नै मन्दिर व्यवस्थापनका लागि पर्याप्त हुनसक्छ ।नेपाली र भारतीय धार्मिक पर्यटकको आकर्षणको केन्द्र बनेका यी ठाउँहरुमा केन्द्र र प्रदेश सरकारले आवश्यक भौतिक पूर्वाधार विकासको लागि तत्परता देखाएर दीर्घकालीन योजना तर्जूमा गर्न आवश्यक देखिन्छ ।

रोजगारी सिर्जना :धार्मिक पर्यटकका लागि गाइड, फोटोग्राफी, यातायात चालक, होटल व्यवस्थापक र हस्तकला व्यवसायीहरूका लागि प्रत्यक्ष रोजगारीको अवसर उत्पन्न हुन्छ (Bhandari, २०२०)। यसले आर्थिक उपार्जनमा समेत टेवा पु¥याउने छ । हाल बाँकेमा १० हजार पर्यटकलाई बास बस्न र खानका लागि होटलहरुको सुविधा छ । माथि उल्लेख गरे अनुसार पर्यटक बढाउन सकेमा अझै धेरै होटल लगायत बन्दोवस्तीका लागि ठाउँहरूको आवश्यकता पर्दछ ।

२. प्राकृतिक पर्यटन र जैविक विविधता संरक्षण:बाँके राष्ट्रिय निकुञ्ज जैविक विविधताको संरक्षण र पर्यटकीय आकर्षणको महत्वपूर्ण केन्द्र हो । यहाँ दुर्लभ वन्यजन्तु र प्राकृतिक स्रोतहरूको संरक्षण तथा प्रयोग गरी आर्थिक लाभ लिन सकिन्छ ।

इको–टुरिजम (Eco–Tourism)को विकास:बाँके राष्ट्रिय निकुञ्ज, डुडुवा वनक्षेत्र, गौघाटमा रहेको झोलुङ्गे पुल, ढकेरीको वनस्पति उद्यान, कान्ति ताल र राप्ती किनारमा जैविक विविधता अवलोकन र वातावरणीय पर्यटनले स्थायी आर्थिक लाभ दिन सक्छन् (Nepal Tourism Board,, २०२१) ।

स्थानीय उत्पादनको खपत :पर्यटकहरूका लागि जैविक कृषि उत्पादन, स्थानीय हस्तकला र रैथाने परिकारहरूको खपतले स्थानीय अर्थतन्त्रमा प्रत्यक्ष असर पार्छ (Adhikari & Poude, २०२०) । गाभरमा रहेको होमस्टे तथा थारू कला सँस्कृति र थारू परिकारहरूको व्यापार प्रवद्र्धनमा समेत सहयोग पुग्नेछ ।

३.साँस्कृतिक पर्यटन र स्थानीय पहिचानको प्रवद्र्धन:बाँकेमा बसोबास गर्ने थारू, मगर, गुरुङ, र अन्य जातिहरूका विविध संस्कृतिले साँस्कृतिक पर्यटनलाई प्रवद्र्धन गर्दछन् । बाँकेमा रहेको एक अलग पहिचान रहेको खुना जातिको कला सँस्कृति र यिनीहरूको रहनसहन सबैलाई व्यापारिकृत गर्न सहज हुनेछ । सबैको आय वृद्धि सँगै आ–आफ्ना रीति रिवाजलाई विश्व सामु चिनाउन समेत सहयोग पुग्नेछ ।

साँस्कृतिक कार्यक्रमहरू मार्फत पर्यटन प्रवद्र्धन:स्थानीय जातिय समुदायका कला, नृत्य, संगीत र परम्परागत उत्सवहरूले राष्ट्रिय र अन्तर्राष्ट्रिय पर्यटकलाई आकर्षित गर्छन् (K.C, २०१९) । यसले गर्दा यहाँका पर्वहरूको समेत व्यापार प्रवद्र्धनमा सहयोग हुनेछ ।

साँस्कृतिक सम्पदाको संरक्षण:पर्यटन प्रवद्र्धनबाट उत्पन्न आर्थिक स्रोतले स्थानीय सम्पदाको संरक्षणमा सहयोग गर्छ (Thapa, २०२२) । यहाँको कला सँस्कृति र परम्परागत शैली सबैको संरक्षण र सम्वद्र्धन हुनेछ ।

४.साहसिक पर्यटन र मनोरञ्जन:बाँकेको भुंवर भवानी, बाबा बर्फानी पहाडी टाकुरा, राप्ती नदी र वाटर पार्क जस्ता स्थानहरू साहसिक पर्यटनका लागि उपयुक्त छन् । यहाँ केवलकारको निर्माण, ट्रेकिङ्ग लगायत राफ्टिङ समेत सञ्चालन गर्न सकिन्छ ।

युवा लक्षित साहसिक गतिविधिहरू:हाइकिङ, साइकल यात्रा, ट्रेकिङ्ग र वाटर पार्कले युवालाई आकर्षित गर्दै आर्थिक लाभ वृद्धि गर्छ (Subedi, २०२३)। नेपालगन्जमा रहेको वाटर पार्कलाई अझ व्यवस्थित गर्न सके पर्यटक लोभिने छन् ।नेपालगन्जकै कान्ति तालमा रहेका रैथाने चरा र पर्यटक चरालाई यथोचित रूपमा सम्वद्र्धन गर्न सके अति मनमोहक गन्तव्य बन्न सक्छन्।

मनोरञ्जन पर्यटन र क्षेत्रीय आर्थिक वृद्धि :साहसिक गतिविधिहरूको विकासले बाँके र लुम्बिनी प्रदेशमा पर्यटन प्रवद्र्धन गर्दै स्थानीय अर्थतन्त्रलाई टेवा पु¥याउँछ (Nepal Tourism Board, २०२२) । यसले जिल्लाको आय वृद्धि गर्दै देशको उत्पादनमा नै टेवा पु¥याउने पक्का छ।

५.पर्यटन पूर्वाधार विकास र क्षेत्रीय समृद्धि :बाँकेको पर्यटन प्रवद्र्धनले लुम्बिनी प्रदेशमा पूर्वाधार विस्तार, यातायात विकास र सञ्चार प्रणालीलाई सबल बनाउँछ। यति मात्र नभएर यहाँका सानादेखि ठुला व्यापारिक प्रतिष्ठानहरूको चलायमान बढ्नेछ । हाल नेपालगन्जमा फस्टाएको स्पा व्यवसाय समेत प्रवद्र्धन हुने निश्चित छ ।

सडक सञ्जाल र यातायात सुधार :नेपालगन्ज—कोहलपुर सडक, नेपालगन्ज खजुरा सडक, नेपालगन्ज सिधनियाघाट हुँदै अगैया, बाबा वर्फानी जाने मार्ग, सन्तानेश्वर जाने मार्ग, खजुरा जिगाउँ मार्ग जस्ता प्रमुख मार्गहरूमा लगानीले पर्यटन सहज बनाउँछ (Poudel २०२१) । यति मात्र नभइ त्यहाँ पुग्ने पैदल मार्ग, साइकिल लेन आदिमा समेत लगानी अभिबृद्धि हुनेछ ।

स्मार्ट टुरिजम र डिजिटल मार्केटिङ:डिजिटल प्रविधि मार्फत् पर्यटन गन्तव्यहरूको अन्तर्राष्ट्रिय प्रवद्र्धनले प्रदेशको समग्र समृद्धिमा योगदान पु¥याउँछ (Sharma, २०२३) । डिजिटल युगमा यसका बहु आयामिक पाटोहरूको विकास साथै यसै ठाउँमा रहेको लुम्बिनी प्राविधिक विश्वविद्यालयको समेत प्रचार प्रसार भई विदेशी विद्यार्थीलाई समेत आकर्षित गर्न मद्दत मिल्नेछ ।

निष्कर्ष :बाँकेको पर्यटन प्रवद्र्धनले लुम्बिनी प्रदेशको समृद्धि यात्रामा विविध आयामबाट योगदान पु¥याउँछ । धार्मिक, प्राकृतिक, साँस्कृतिक र साहसिक पर्यटनले रोजगारी सिर्जना, स्थानीय उत्पादनको खपत र पूर्वाधार विकासमा सकारात्मक असर पार्दछ । सरकारले नीति निर्माण, पूर्वाधार विकास र पर्यटन प्रवद्र्धनमा ध्यान दिए बाँकेको पर्यटनले लुम्बिनी प्रदेशलाई आर्थिक रूपमा सबल बनाउन उल्लेखनीय भूमिका निर्वाह गर्नेछ । -(लेखक डा. कवीन्द्र राज भट्टराई नेपालगन्ज स्थित महेन्द्र बहुमुखी क्याम्पसमा अध्यापन गर्नु हुन्छ । –सम्पादक)

advertisement_1680627706.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif