बलराम खनाल, बिहीबार, ७ असार, २०८१
कैंयौं मानिसहरु दैनिक जीवनमा घट्ने साना तिना घटना या कुरालाई अत्यधिक महत्व दिएर उद्देलित भएको पाइन्छ । त्यस्ता मानिसहरु सानो कुरालाई राई को पहाड बनायर क्षुब्ध बनि रहेका हुन्छन् । यो वास्तवमा मनको दुर्बलता अथवा अज्ञानता मात्र हो । वास्तवमा जीवन एक प्रकारको खेल जस्तै हो जो खेल्दा आनन्दमय बन्न सक्छ, खेलाड़ीहरु क्षण-क्षणमा हार्ने-जीत्ने हुन्छ । दुवै परिस्थितिमा आफ्नो मानसिक संतुलन ठीक ठीक बनाईरहेका हुन्छन् । कुनै खेलाड़ीले प्रत्येक हारमा टाउको पिट्न थाल्यो भने या जीतमा हर्षोन्मत हुन थाल्यो भने त्यसको मूर्खता नै मान्नु पर्छ । संसार एक नाट्यशाला मात्र हो भने जीवन एक नाटक । जसमा हामीले अनेक तरहको रूप बनाएर अभिनय अनिवार्यतः गर्नुपर्ने हुन्छ ।
कहिले राजा, कहिले बन्दी, कहिले योद्धा कहिले भिश्ती बनेर आ-आफ्नो पार्ट निभाउंनु पर्छ । नाटकमा पात्रले हर अभिनय पूरा तन्मयता का साथ पूरा गर्नुपर्ने हुन्छ । दर्शकले अभिनेतालाई राजा या भिश्ती बनेकोले होइन उसलाई सुम्पेको काम आफ्नो खूबी र भरपूर तन्मयतापुर्वक गरेकोले मात्र प्रसंशा पाउंछ अनि ताली बजाउँछ । हामिले सफलता मात्र होइन विफलताको पनि अभिनय गर्न विवश हुनु पर्छ भने त्यस्तो परिस्थितिमा आफ्नो मानसिक सन्तुलन किन गुमाउंने ? हर अभिनय पूरा रूचीपूर्वक हाँसी−खुशी किन नगर्ने ? जसले असफलता र आपत्तिमा पनि ठीक ठीक अभिनय गर्न सक्छ त्यही प्रशंसनीय खेलाड़ी हो । कसैको पनि घरमा प्रशस्त जनशक्ति,धन,पद,प्रतिष्ठा हुँदैमा जीवन सुखी हुन्छ भन्ने हुँदैन र त्यस्तालाई सुखी मान्ने या देखाउंने कुनै कलाकार मान्नु पनि मूर्खता नै हो, बरु थोरै धन र साधनमा परिवार हाँसी खुशी राख्न सकेको छ भने त्यही उत्तम खेलाडी हो । हामिले जीवन नाटक खेल्नै पर्ने हुन्छ त्यहाँ कुनै विकल्प छैन तर अन्तस्तल सम्म त्यसको कुनै नकारात्मक प्रतिक्रिया पुग्न दिनु हुँदैन नत्र दुःखद मानसिक रोगको कारण बन्न सक्छ । हामि मध्ये धेरैको मानसिक स्थिति प्रायः सूप्त वा वेहोसीमा चलि रहेको हुन्छ, अरु कसैको देखेर वा सुनेर आफ्नो धारणा बनाउछौं । अझ ऐलेको घोर इलेक्ट्रोनिक युगमा काम बेकामका फोटो,सूचना,सामाचारहरुले हामिलाई झन अस्थीर बनाएको छ । कोई नेतालाई गाली गर्छ कसैले कर्मचारीलाई कसै कसैले आफ्नै परिवारको सदस्यलाई पनि नकारात्मक शब्दले घोंची रहेको हुन्छ ।
यहाँ स्वास्थ्य विज्ञानको कुरा गर्ने हो भने मानव मस्तिष्कमा भौतिक बिद्युतीय संजाल २०-२५ वर्ष सम्म पूरा बनिसकेको हुन्छ । परिस्थिति,वातावरण,रहन,सहन, व्यवहार,सामाजिक व्यवस्था,संगतका व्यक्तिको प्रभाव,शिक्षाको स्तर,विद्यालयको वातावरण र उसको आफ्नै आहार विहारले त्यसै अनुसारको नयां नयां स्वरूप(Pattren)बन्दै जाने हुन्छ । जस्तै एउटा कर्मचारी र बस कन्डक्टर,वकील, इन्जिनियर,डक्टर, शिक्षक या व्यापारीको प्याट्रन एकैखाले हुन सक्दैन चाहे ती सबै एउटै कुलका किन नहोस । यो वस्तुतः उसको विकास क्रममा फरक फरक हुन्छ । एउटा होटेल ब्वायले 40 सेकेन्डमा 50 तरकारीको नाम भन्छ,एउटा बस कन्डक्टरले 30-40 सेकेन्डमा आफ्नो रूटमा पर्ने सबै स्टपको नाम भन्छ । यस्तै हरेकले आ-आफ्नो क्षेत्रमा विशेषज्ञता हासिल गरेको हुन्छ । त्यो सबै उसले बारम्बार गरेको अभ्यास र अन्तकरणमा धारण गरेको विचारले मस्तिष्कमा बनेको त्यसै अनुकुलको प्याट्रनको परिणाम हो । यसलाई विज्ञानले र आध्यात्मले आ-आफ्नै तरीकाले व्याख्या गरेका छन् । इतिहासका कुरा हेर्ने हो भने विज्ञान भन्दा आध्यत्म धेरै सुखी देखिन्छ किनकी विज्ञानले परिणाम मात्र प्रमाणित गर्छ उसको विचार क्षेत्र पनि त्यसैको वरिपरीको अध्ययनमा केन्द्रित हुन्छ । आध्यात्मले संभावना मात्र नभै सटीक भविष्यवाणी गरेको पाइन्छ ।
विज्ञानले आज जुन जुन आविस्कारकोकुरा गर्छ त्यो प्रायः आध्यात्मका पुस्तकहरुमा हजारौं या सयौं वर् पहिले लेखिएको हुन्छ । साधारण बुझाईमा खगोलीय ग्रहहरुको चाल विज्ञानले १००-१५० वर्ष पहिला सम्म जानेको थियन तर ज्योतिष विद्याले हजारौं वर्ष पहिले नै सटीक गणना गरेको पाइन्छ । हामिले आफुले नजानेको या नसुनेको कुनै पनि विचार या वस्तु अस्तित्वमा छैन भन्ने हुदैन यहाँ हर सम्भावना छन् । हामी त्यसमा तन्मय कति हुन सक्छौं यसैमा उसको ज्ञान टिकेको हुन्छ । विश्व भरिका धार्मिक द्वन्द यसैका परिणाम हुन । एउटा आध्यात्मिक चिन्तकले जति व्यापकता पालेको हुन्छ त्यसका अनुयायीले कैयौं कुरा बडी लिने र कैयों छोडने गर्दा एकदम पुर्वाग्रही हुनजान्छ । यहींबाट द्वन्द शुुरु हुन्छ चाहे त्यो विज्ञान होस या राजनीति सबैले म नै ठीक भि सबै आदर्शका कुरा गर्छन तर जति जति राजनैतिक पार्टी र व्यक्ति हुन्छन त्यति नै फरक मत हुन्छ ,यही स्थिति आध्यात्मिक जगतमा छ । सबै धर्मगुरुहरुले आदर्शका कुरा गर्छन तर एकआपसमा कहिं मेल हुदैन सब का आ-आफ्नै ठूला ठूला भैरम(भैरब) छन् । हामी सर्वसाधारणले ताली बजाउदै जांदा पछि ठगिएको अनुभव हुन्छ । यही कुरा राजनीति क्षेत्रमा पनि देखिन्छ ।
हामि जो कसैले पनि भविष्यको लागी हुनसक्ने ठूलो आशा राख्नुपर्छ । त्यस बिनाको जीवन निरस हुंदै जान्छ साथ साथै सबै भन्दा खराब परिस्थितिकाे पनि सामना गर्न सदैव तयार रहनु पर्छ । संसार मेरो अनुकुल बनेर मात्र सुखी हौंला भन्ने कल्पनामा हजारौं जन्म पनि सफल हुन सकिंदैन । जे छ जस्तो छ जति छ त्यसको सही सदुपयोग हुन सके कुनै दुःख छैन यही सुखी जीवन को रहस्य हो ।