बिहीबार, २७ चैत्र, २०८१

डा. इन्द्र बहादुर भण्डारी (इन्द्रेणी) को कथा संग्राह “मंयगाँठो”को विमोचन ।

राष्ट्रिय सन्‍देश संबाददाता, आईतवार, २१ जेष्ठ, २०८०

डा. इन्द्र बहादुर भण्डारी (इन्द्रेणी) को कथा संग्राह “मंयगाँठो”को विमोचन ।

नेपालगन्ज (बाँके।  खजुरा प्रज्ञा प्रतिष्ठानको आयोजनामा, खजुरा प्रज्ञा प्रतिष्ठानद्वारा प्रकाशित कथाकार डा. इन्द्र बहादुर भण्डारी (इन्द्रेणी) को कथा संग्राह “मंयगाँठो” विमोचन तथा कथा विमर्श कार्यक्रम जेष्ठ २० गते शनिवार एक कार्यक्रमका वीच नेपालगन्जमा सम्पन्न भएको छ । 


खजुरा प्रज्ञा प्रतिष्ठानका उप–कुलपति तथा कथाकार डा.इन्द्र बहादुर भण्डारी (इन्द्रेणी) को अध्यक्षतामा, वरिष्ठ कथाकार तथा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य सचिव सनत कुमार रेग्मीको प्रमुख आतिथ्यमा डा.इन्द्र बहादुर भण्डारी (इन्द्रेणी) को १२ औं कथा संग्राह “मंयगाँठो” कृति विमोचन विशिष्ठ अतिथि त्रिभुवन विश्वविद्यालय नेपाली भाषा केन्द्रिय विभागका पूर्व प्रमुख तथा लुम्बिनी प्रदेश प्रादेशिक विश्वविद्यालय सेवा आयोगका सदस्य प्राध्यापक डा.कृष्ण प्रसाद घिमिरे, प्राज्ञ सभा सदस्यद्वय महानन्द ढकाल र शशीराम कार्की, खजुरा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत अर्जुन सुवेदी, लेखक नरेन्द्र जंग पिटर, ईश्वरी प्रसाद रिजाल, कथाकार नयनराज पाण्डे लगायतले विमोचन गर्नुभएको थियो । डा. भण्डारीको यो १२ औं कृति हो ।


मणिदेव अर्यालद्वारा संचालित विमोचन तथा कथा विमर्श कार्यक्रममा माधव शर्माले कार्यक्रमको बारेमा प्रकाश पार्नुभएको थियो । समालोचक ईश्वरी प्रसाद रिजाल र हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठानकी उपाध्यक्ष सुमित्रा न्यौपानेले कृति माथि समीक्षा गर्नुभएको थियो । 
१२ औं “मंयगाँठो” विमोचन तथा कथा विमर्श कार्यक्रममा प्राज्ञ सभा सदस्यद्वय महानन्द ढकाल र शशीराम कार्की, प्रा.डा. कृष्ण प्रसाद घिमिरे, सर्वदा साहित्य संगमका अध्यक्ष खगेन्द्र गिरि कोपिला, भीम बहादुर शाही, लेखक नरेन्द्र जंग पिटर, कथाकार नयनराज पाण्डे लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।


सो कार्यक्रममा विनेसाम नेपालकी अध्यक्ष कल्पना पौडेल जिज्ञाशु, सल्लाहकार ऋषिराम सापकोटा, साहित्यकार महेन्द्र सेंडाई, चन्द्रावती अधिकारी, ज्ञानोदय बहुमुखी पब्लिक क्याम्पस खजुराकी क्याम्पस प्रमुख चरित्रा शाह, विनेसाम बाँकेकी अध्यक्ष गीता अर्याल, प्रलेस लुम्बिनी प्रदेशका अध्यक्ष पुष्पमणि प्रधान, कविराज रेग्मी, कविन्द्र भट्टराई, नेपाल ट्रेनिङ्ग एण्ड रिसर्च प्रा.लि.का प्रवन्ध निर्देशक हरि प्रसाद सुवेदी, साहित्यकार तथा नेपाल स्वयंसेवी रक्तदाता समाज बाँकेकी अध्यक्ष दिला शाह, महेन्द्र पुस्तकालय नेपालगन्जका सदस्य कृष्ण मुरारी प्रसाद भट्ट, जगदीश ढकाल, सोम गुरुङ्ग, नरेन्द्रराज पोखरेल लगायत ५ दर्जन भन्दा बढीको सहभागिता रहेको थियो ।


 

advertisement_1676551646.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif