राष्ट्रिय सन्देश संबाददाता, शनिबार, २७ श्रावण, २०८०
पवन जायसवाल, नेपालगन्ज।(बाँके) । बाँकेमा पनि आँखा पाक्ने रोगको सङ्क्रमण फैलिएपछि फत्तेबाल आँखा अस्पतालद्वारा संचालित निःशुल्क घुम्ती शिविर शुरु भएको छ ।
पाकेको आँखाको उपचार गर्न तथा संक्रमण रोकथामका लागि घर दैलोमा स्टिकर टाँस्ने निःशुल्क घुम्ती शिविरको दोस्रो दिनमा २ सय ८० जना पाकेको आँखाका विरामीहरुको जाँच गरी निःशुल्क औषधि उपलब्ध गराइएको छ ।
नेपालगन्ज उप–महानगरपालिका वार्ड नं.–६ फुल्टेक्रा स्थित रहेकोफत्तेबाल आँखा अस्पतालले निःशुल्क घुम्ती शिविर नेपालगन्जको बस पार्क, कारकाँदौं, जिल्ला प्रहरी कार्यालय बाँके, मानपुर, खजुरा, रनियापुर, सम्झना, बनकटवा चौक, मदन चौक, कोहलपुर बजार, झन्डाहवा चौक, हवल्दारपुर, गनापुर, रांझा चौकमा सञ्चालन गरिएको थियो फत्तेबाल आँखा अस्पतालका कार्यक्रम अधिकृत उमेर अहमद सादिकले जानकारी गराउनु भयो ।
यसैगरी निःशुल्क घुम्ती शिविरको पहिलो दिनमा पाकेको आँखाको आवश्यक औषधि सहित निःशुल्क उपचार गर्न तथा घर दैलोमा स्टिकर टाँसेर संक्रमणको रोकथामका लागि जनचेतना जगाउन फत्तेबाल आँखा अस्पतालको प्रविधिक टोली टोल टोलमा परिचालित गरिएको थियो । उक्त निःशुल्क घुम्ती शिविर१ सय ९९ जना पाकेको आँखाका विरामीहरुको जाँच गरी निःशुल्क औषधि उपलब्ध गराइएको थियो ।
निःशुल्क घुम्ती शिविर फुल्टेक्रा रोड, वडा प्रहरी कार्यालय, एम पी स्कूल रोड, नगर भवन, भेरी अस्पताल चोक, सीने रोयल, गणेशमान चोक, वीरेन्द्र चोक, सेतु विक चोक, सल्यानी बाग टेम्पु स्ट्यान्ड लगायत विभिन्न सार्वजनिक स्थल,, कार्यालयतथा मानिसहरूको जमघट हुने चौक चौरहाहरुमा निःशुल्क घुम्ती शिविर सञ्चालन गरिएको थियो।यसरी कसौंधन बैश्य समाज बाँके एवं युवा मञ्च बाँके र महिला मञ्च बाँकेको संयुक्त आयोजनमा लायन्स क्लब अफ नेपालगन्ज सिटी बाँकको सहकार्यमा श्रावण २७ गते नेपालगन्ज उद्योग बाणिज्य संघ भवनको अगाडीनिःशुल्क घुम्ती शिविर सञ्चालन हुने भएको छ ।
यही श्रावण २८ गते आईतवार फत्तेबाल आँखा अस्पतालद्वारा संचालित बर्दियाको आँखा उपचार केन्द्रहरू भुरीगाँउ, बाँसगढी, राजापुर र जयनगरमा पाकेको आँखा बारे जनचेतना जगाउने कार्यक्रम राखिएको फत्तेबाल आँखा अस्पतालका कार्यक्रम अधिकृत उमेर अहमद सादिकले जानकारी गराउनु भएको छ ।